क्रिस्टल प्यालेसमाथि टोटेनहमको जित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2021 | 09:16:29 AM मा प्रकाशित

laxmi  sunrise bank

ब्राजिलियन मिडफिल्डर लुकास मोउराले १ गोल तथा २ असिस्ट दिएपछि इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परले क्रिस्टल प्यालेसलाई हराएको छ । 

टोटेनहमले १० खेलाडीमा समेटिएको क्रिस्टल प्यालेसलाई घरेलु मैदानमा ३–० ले पराजित गरेको हो । आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा ह्यारी केने, लुकास मोउरा र ह्युङ मिन सनले गोल गरे ।

खेलको ३२औं मिनेटमा केनको गोलबाट टोटेनहमले सुरुवाती अग्रता लिएको थियो । उनले लुकास मोउराको पासमा गोल गरेका थिए । त्यसको दुई मिनेटपछि ३४औं मिनेटमा लुकास मोउराले इमर्सन रोयलको पास गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । 

३७औं मिनेटमा वेलफ्रेड जाँहा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि क्रिस्टल प्यालेस १० खेलाडीमा समेटिएको थियो । ७४औं मिनेटमा लुकास मोउराको पासमा ह्युङ मिन सनले गोल गर्दै टोटेनहमको जित पक्का गरे । 

जितपछि टोटेनहम १६ खेलबाट २९ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । उ तीन खेल बढी खेलेको आर्सनलसँग ६ अंकले पछि छ । पराजित क्रिस्टल प्यालेस १८ खेलबाट २० अंक जोडेर १२औं स्थानमा छ ।

अर्को खेलमा ब्राइटनले ब्रेन्टफर्डलाई २–० ले हराएको छ । जितसँगै ब्राइटन १७ खेलबाट २३ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित ब्रेन्टफर्ड २० अंक बटुल्दै १३औं स्थानमा छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved