स्पेनिस ला लिगाः रियलको सानदार जित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2022 | 08:43:28 AM मा प्रकाशित

laxmi  sunrise bank

शीर्ष टोली रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलले रेलिगेसनको दबाबमा रहेको डिर्पोेटिभो अलाभेसलाई ३–० गोलले हरायो ।

एकपक्षीय खेलमा रियललाई जिताउन कप्तान करिम बेन्जेमा, मार्काे असेन्सियो र भिनिसियस जुनियर गोल गरे । सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा असेन्सियोेले ६३औं मिनेटमा खाता खोले । उनले बेन्जेमाको पासमा गोल गरेका थिए ।

८०औं मिनेटमा भिनिसियसले बेन्जेमाकै पासमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । जारी सिजन ला लिगामा भिनिसियसको यो १३औं गोल हो । सर्वाधिक गोल कर्ताको दोस्रो स्थानमा रहेका भिनिसियसले पाँच असिस्ट पनि दिएका छन् ।

त्यसपछि इन्जुरी समयमा कप्तान बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियललाई फराकिलो जित दिलाए । डिबक्सभित्र रोड्रिगोलाई फ्लोरियन लेजिउनीले फल गरेपछि रियलले पेनाल्टी पाएको थियो । जसलाई बेन्जेमाले सदुपयोग गरे ।

जारी सिजन ला लिगामा बेन्जेमाको यो १८औं गोल हो । सर्वाधिक गोल कर्ताको शीर्ष सुचीमा रहेका बेन्जेमाले नौ असिस्ट पनि दिएका छन् । ७० प्रतिशत बल पोसेसन राखेको रियलसामु पाहुना टोली अलाभेस निरिह बन्यो । रियलका कप्तान बेन्जेमा ‘म्यान अफ दि म्याच’ भए । 

जितसँगै रियलले शीर्षस्थानमा सात अंकको अग्रता बनाएको छ । रियलको २५ खेलबाट ५७ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको सेभियाको ५० अंक छ । सेभियाले एक खेल कम खेलेको छ । पराजित अलाभेस २० अंक सहित १९औं स्थानमा छ ।

अर्को खेलमा एट्लेटिको म्याड्रिडले ओसासुनालाई उसकै मैदानमा ३–० गोलले हरायो । एट्लेटिकोको जितमा जोआओ फेलिक्स, लुइस स्वारेज र एन्जल कोरेआले गोल गरे । जितसँगै एट्लेटिको चौथो स्थानमा उक्लिएको छ । एट्लेटिकोकोले २५ खेलबाट ४२ अंक बनाएको छ ।

पराजित ओसासुना ३२ अंक सहित नवौं स्थानमा छ । अर्को खेलमा भिल्लारियलले ग्रानाडालाई ४–१ गोलले हराएको छ । गेटाफे र काडिजले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रुपैयाँ शुल्क तिरेर हेर्न सकिने छ ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved