पाकिस्तानलाई जिम्बावेले १ रनले हरायो, कठिन बन्दै पाकिस्तानको सेमिफाइनल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 27, 2022 | 08:44:28 PM मा प्रकाशित

laxmi  sunrise bank

जिम्बावेले जारी आइसिसी टि–२० विश्वकप क्रिकेटमा पाकिस्तानमाथि १ रनको जित हात पारेको छ । 

जितको लागि १३१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २९ रन मात्रै बनायो ।

अन्तिम २ बलमा ३ रन चाहिँएको अवस्थामा पाकिस्तान सम्हालिन नसक्दा हार ब्यहोर्नु पर्यो । अन्तिम बलमा तीन रन चाहिँएको थियो । तर, शाहिन शाह अफ्रिदी २ रन लिएर खेल बराबरी बनाउने क्रममा रन आउट भए । त्यसपछि जिम्बावे विजयी भयो । 

टस जितेर पहिला ब्याटिङ थालेको जिम्बावेले २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनायो । 

यसअघि पाकिस्तान पहिलो खेलमा भारतसँग ४ विकेटले पराजित भएको थियो । पाकिस्तानले अब आइतबार नेदरल्यान्ड्ससँग खेल्नेछ । विहीबार दक्षिण अफ्रिका र आइतबार बंगलादेशसँग खेल्नेछ ।

पाकिस्तानले सेमिफाइनलमा पुग्न अब बाँकी सबै खेल जित्नु पर्नेछ । तर, सँगै दक्षिण अफ्रिकाले भारतसँग पनि हार्नुपर्नेछ । 

यसअद्धि दक्षिण अफ्रिकासँग अंक बाँडेको जिम्बावेले अब आइतबार बंगलादेशसँग खेल्नेछ । बुधबार नेदरल्यान्ड्स र आइतबार भारतसँग खेल्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved