रेकर्डधारी रामोसले अब अन्तराष्ट्रिय फुटबल नखेल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2023 | 11:12:54 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनिस भेट्रान डिफेन्डर सर्जियो रामोसले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । सन् २०१० को विश्वकप फुटबल जित्दा स्पेनको महत्वपूर्ण डिफेन्डर रहेका रामोसले ३६ वर्षको उमेरमा अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका हुन् र 

स्पेनका नयाँ प्रशिक्षक लुइस डे ला फ्युएन्टेले रामोसलाई टोलीमा राखेका थिएनन् । 

हाल फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट खेलिरहेका स्पेनका सबैभन्दा धेरै क्याप जित्ने खेलाडीसमेत रहेका उनले स्पेनबाट १८० खेल खेल्दा २३ अन्तराष्ट्रिय गोल गरेका छन् ।

गत नोभेम्वर डिसेम्बरमा कतारमा सम्पन्न फिफा विश्वकप २०२२ मा पनि उनलाई स्पेनका पूर्व प्रशिक्षक लुइस एनरिकले टोलीमा समावेश गरेनन् । सन् २०१८ को रसिया विश्वकप खेलेका रामोसले २०२१ को युरो कप पनि खेल्न पाएनन् । 

‘समय आएको छ, हाम्रो प्यारो र रोमाञ्चक राष्ट्रिय टोलीलाई बिदाई गर्ने समय हो । यो एउटा दौडको अन्त्य हो । मैले राम्रो बिदाईको अपेक्षा गरेको थिएँ’ रामोसले बिहिबार सामाजिक सञ्जालमा लेखेका छन् । 

सन् २०१० को विश्व कप विजेता रामोसले स्पेनबाट २००८ र २०१२ मा युरोकप जितेका छन् । उनी स्पेनको इतिहासमा सबैभन्दा धेरै खेल खेल्ने र सबैभन्दा धेरै गोल गर्ने डिफेन्डर पनि हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved