वर्ल्डलिंक कम्युनिकेशन र फेसबुकबीच साझेदारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2020 | 04:22:30 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन WorldLink Communications  ले सामाजिक संजाल फेसबुकसँग साझेदारी गरेको छ। इन्टरनेट सेवा प्रदायकलाई नेपालभर छिटो र विश्वसनीय पब्लिक वाईफाई सेवा दिनलाई फेसबुकसँग साझेदारी गरिएको वर्ल्डलिंकले जनाएको छ। 

यसबिषयमा थप जानकारी दिने उदेश्यले वर्ल्ड लिंकले यहि बिहिबार पत्रकार सम्मेलन गर्दैछ। उक्त प्रेस मिट मार्फत फेसबुकसँग गरिएको साझेदारी तथा यसबाट प्रयोगकर्तालाई हुने फाइदाबारे जानकारी दिईने वर्ल्डलिंकले जनाएको छ। 

गत बर्षमात्रै बेलायति कम्पनीबाट १२ मिलियन (१ अर्ब ३५ करोड नेपाली रुपैयाँ) अमेरिकी डलर लगानी भित्र्याएको वर्ल्डलिंकले पछिल्लो समय आक्रामक रुपमा आफ्ना सेवा विस्तार गरिरहेको छ।

यहि क्रमलाई निरन्तरता दिंदै वर्ल्डलिंकले आफ्ना सबै ग्राहकलाई अत्याधुनिक प्रविधि आईपीभी सिक्समा लैजाने भएको छ । यहि आर्थिक बर्षको अन्त्यसम्म नयाँ पोर्टोकल आईपीभी सिक्समा लैजाने वर्ल्डलिंकले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved