डिशहोम फाइबरनेट अब बुटवल र बर्दिवासमा पनि, टिभी सब्स्क्रिप्शन फ्रि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2021 | 05:01:03 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोमको फाइबरनेट सेवा बुटवल र बर्दिवासमा पनि विस्तार भएको छ । डिशहोमले बुटवल र बर्दिवास नगरक्षेत्रमा यो सेवा दिन थालेको हो । 

कम्पनीले बुटवलको सिद्दबाबा (तल्लो), गोलपार्क, ज्योतिनगर, ट्राफिक चोक, हस्पिटल लाइन, टभुड्की चोक, चादबारी, भाटभटेनी लाइन, सुक्खानगर एरिया, हिलपार्क, आम्दा हस्पिटल लाइन, दीपनगर, शिवनगर एरिया, मुटु हस्पिटल बेश क्याम्प, रामनगर एरिया, बुटवल चौराहा लगायतका क्षेत्रमा फाइबर इन्टरनेट वितरण सुरु गरेको हो । 

त्यस्तै, बर्दिवास नगरपालिकाको इन्टरनेट जडान गर्दा टिभी सब्स्क्रिप्शन, डिशहोम मोवाइल एप, एक्सभीओडी सेवा निःशुल्क प्राप्त हुने डिशहोमले जनाएको छ । लालगढ हस्पिटल चोक, लालगढ धनौजी, लालगढ पानीट्याङ्की, लालगढ सुनौलो बस्ती, ललगढ श्रेष्ठ टोल, लालगढ आदर्श टोल, लालगढ बाल टोल, बर्दिवास सिन्धुली रोड, बर्दिवास यातायात, हमाल टोल, जनता मावि स्कुल, बुद्ध चोक, बर्दिवास औराही रोड, बर्दिवास बजार, संगम बस्ती, गौतम होटल, चौधरी मार्केट, गलटार, नमुना बस्ती, बर्गाच्छी टोल, गौरीडाँडा, गौरीडाँडा १६ विघा, ढुंगाना टोल गौरीडाँडा, रेडियो नेपाल गौरीडाँडामा डिशहोम फाइबरनेट सेवा जडान सुरु गरिएको हो । 

राजधानी काठमाडौंसहित मुलुकका प्रमुख शहरहरूमा इन्टरनेट सेवा सुरु गरिसकेको कम्पनीले बुटवल र बर्दिवासमा अहिले सेवा सुरु गरेको हो । कोरोनाको बढ्दो संक्रमण र निषेधाज्ञाका कारण धेरै शहरहरूमा इन्टरनेट सेवा सुरु गर्न नसकेको डिशहोमले अब पूर्वयोजनाअनुसार सेवा विस्तार तीव्र बनाउने जानकारी दिएको छ । 

हाल ३०, ४०, ६० र १०० एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराउँदै आएको कम्पनीले चाँडै २०० एमबीपीएस गतिको पनि इन्टरनेट सुरु गर्ने योजना बनाएको बताएको छ । त्यस्तै, कम्बो प्याकेजअन्तर्गत लाइफ स्टाइल प्रिमियम प्याकेज लिने ग्राहकले निःशुल्करुपमा १० एमबीपीएस गतिको इन्टरनेट र मासिक २३३ रुपैयाँमा २५ एमबीपीएस गतिको एफटीटीएच सेवा सित्तैमा प्राप्त गर्न सकिनेछ । 

जसअनुसार वार्षिक सात हजार दुई सय रुपैयाँ (मासिक छ सय रुपैयाँ)मा डिशहोम लाइफस्टाइल प्याकेजसँगै १० एमबीपीएस इन्टरनेट प्राप्त गर्न सकिन्छ भने बार्षिक १० हजार रुपियाँ (मासिक ८३३ रुपियाँ)मा डिशहोमको लाइफस्टाइल प्याकेज र २५ एमबीपीएस गतिको इन्टरनेट प्राप्त गर्न सकिने डिशहोमले जनाएको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved