आईपीआको तयारीमा रहेको डिशहोमको फाइबरनेट सेवा प्रमुख शहरहरुमा विस्तार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2021 | 06:37:19 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोम फाइबरनेट देशका मुख्य शहरमा विस्तार भएको छ । डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनसहित डिशहोम टिभीको निःशुल्क सदस्यता पनि प्रदान गर्दै आएको छ ।

यो सेवाका साथमा आकर्षक छुटहरु, निःशुल्क डिशहोम गो एप र एक्सभीओडी जस्ता विभिन्न सुविधाहरु उपलब्ध रहेको डिशहामले जनाएको छ । फाइबरनेटका योजनाहरु १० एमबीपीएस देखि १०० एमबीपीएस सम्म उपलब्ध छन् ।

काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा र ईटहरीमा यसअघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ । हालसम्म बर्दिवास, बुटवल, ढल्केबर, शंखमुल र बिराटनगर पुगेको यो सेवा नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपूर, विरगंज लगायत अन्य स्थानमा पुग्ने चरणमा रहेको कम्पनीले जनाएको छ ।

डिशहोम फाइबरनेट सन् २०२० बाट सुरु गरेको हो ।

डिशहोम आईपीओ ल्याउने तयारीमा समेत रहेको कम्पनी हो । कम्पनीले आईपीओ ल्याउने प्रारम्भिक प्रक्रिया पनि सुरु गरिसकेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved