साउन १ बाट यस्ता मोबाइल नचल्ने, चल्ने बनाउन कसरी गर्ने दर्ता ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 07, 2021 | 02:36:53 PM मा प्रकाशित

laxmi  sunrise bank

साउन १ गतेबाट मोबाइल फोन दर्ता गरेपछि मात्रै चल्ने व्यवस्था कार्यान्वयनमा आउँदैछ । कर तिरेर दर्ता नगरी मोबाइल चलाउन नपाइने व्यवस्था कार्यान्वयनमा आउने भएसँगै अहिले मानिसहरु साथमा रहेको मोबाइल कसरी दर्ता गर्ने भन्ने ध्याउन्नमा छन् । 

विशेषगरी विदेशमा घुम्न गएका नेपालीले ल्याउने मोबाइल र वैदेशिक रोजगारीमा गएकाहरुले फर्किदा ल्याउने फोनलाई नियन्त्रण गर्न यस्तो व्यवस्था गरिएको नेपाल दूर सञ्चार प्राधिकरण स्रोतको भनाई छ । यदि त्यसरी कसैले मोबाइल फोन ल्याएमा भन्सार बिन्दुमा कर तिरेपछि मात्रै चलाउन पाइन्छ ।

नेपालमै किनेका फोन दर्ता गर्नु पर्दैन

विदेशी बजारबाट एउटा, दुईटा किनेर ल्याएका फोनहरु मात्रै दर्ता गर्नुपर्नेछ । तर, आधिकारिक नेपाली व्यवसायीमार्फत खरिद गरिएका फोनहरु भने व्यवसायीले नै दर्ता गरेर ल्याउने भएकाले नेपालमा किनेका फोनहरु दर्ता गर्न नपर्ने प्राधिकरणले जनाएको छ । 

यसरी विदेशबाट आफैँ ल्याएका मोबाइलहरु प्रयोगकर्ताले आफैँ दर्ता गर्नुपर्ने प्राधिकरणले जनाएको छ । साउन १ भन्दा पहिले नै आईसकेका फोनहरु भने दर्ता नगरेपनि चल्ने तर सकेसम्म दर्ता गरेर चलाउन प्राधिकरणले अनुरोध गरेको छ ।

मोबाइलमार्फत हुने अपराधिक गतिविधिसहित मोबाइल फोनकै पनि  अवैध आयात रोक्न दर्ता नगरेका मोबाइल नचल्ने व्यवस्थ ागर्न लागिएको प्राधिकरणले जनाएको छ ।

कर कति ?

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमा पनि साउनदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) लागू गर्ने घोषणा गरेका थिए । सोही अनुसार प्राधिकरणले विदेशबाट व्यक्तिगत प्रयोगका लागि ल्याईने फोनको दर्ता अनिवार्य गरेको हो ।

एउटासम्म मोबाइल ल्याउँदा कर तिर्नु नपर्ने तर एउटा भन्दा बढी ल्याउँदा कर तिर्नुपर्ने छ । करको दर भने मोबाइलको मूल्यका आधारमा २.५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तोकिएको छ । 

दर्ता कसरी गर्ने ?

मोबाइल फोन दर्ताका लागि आईएमईआई नम्बर चाहिन्छ । आफ्नो मोबाइलको आईएमईआई नम्बर थाहा पाउन आफ्नो मोबाइलमा ‘*#06#’ डायल गर्नुपर्छ । २ वटा सिमकार्ड चल्ने मोबाइलमा २ वटा नै आईएमईआई नम्बर देखिन्छ । यदि २ वटा सिमकार्ड लाग्ने मोबाइल छ भने २ वटै आईएमईआई नम्बर दर्ता गर्नुपर्छ । 

आईएमईआई नम्बर अनलाइनबाटै दर्ता गर्न सकिन्छ । दर्ताका लागि प्राधिकरणको वेबसाइट खोल्दा ‘न्यू इम्पोटर’ र ‘इन्डिभिजुअल’ एप्लिकेसन देखिनेछ । व्यक्तिगत रुपमा मोबाइल आईएमईआई नम्बर दर्ता गर्न इन्डिभिजुअल एप्लिकेशन मार्फत भित्र जानुपर्छ ।

त्यहाँ गएपछि प्राप्त हुने एउटा फाराम भर्नुपर्छ । आईएमईआई नम्बर दर्ता गर्न यो लिंकबाट पनि प्रवेश गर्न सकिन्छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved