चिनियाँ ह्याकरद्वारा टेलिकमको सर्भर ह्याक, कति थियो डेटा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2021 | 11:24:11 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमको सर्भर ह्याक भएको छ । चिनियाँ ह्याकर समूहले टेलिकमको सर्भरमा ‘अट्याक’ गरी डेटा ह्याक गरेको हो । कम्पनीले आइतबार दिउँसो यसबारे थाहा पाउनासाथ शंका लागेको सर्भर ‘डाउन’ गरेको बताएको छ ।

थ्रेट एक्टिभिटी ग्रुप २२ (ट्याग–२२) ले टेलिकमको सर्भर ह्याक गरेको हो । ह्याकरहरूले नेपालसहित पाकिस्तान र फिलिपिन्सको टेलिकम डेटा बिक्रीमा राखेका छन् । कल डिटेलसहितका विवरण डार्कवेभमा बिक्रीमा राखिनु भनेको लामो समयदेखि टेलिकमको डेटा ह्याक भएको भईरहेको हुन सक्ने अनुमान गरिएको छ ।

सर्भर बन्द 

आइतबार दिउँसो यसबारे जानकारी पाएपछि टेलिकमले शंका लागेको एउटा सर्भर डाउन गरेको थियो । 

‘पुरानो सर्भर ह्याक भएको हुन सक्ने शंका लागेर हामीले सट डाउन गर्यौ’ टेलिकमका प्रवक्ता राजेश जोशीले भने, ‘पूरानो सर्भर हो, त्यसमा युजफूल डेटा छ कि छैन भनेर अध्ययन भईरहेको छ ।’

उनका अनुसार अहिलेसम्म ‘भाइटल सिस्टम’ को सर्भर ह्याक भएको होइन भन्ने नै निष्कर्ष टेलिकमको छ । 

‘भाइटल सिस्टमको सर्भर होइन भन्ने नै छ अहिलेसम्म’ उनले भने, ‘पूरानो सर्भर भएको हुनाले युजफूल डेटा नहुन पनि सक्छ, अध्ययन भईरहेको छ । एक दुई दिनमै अध्ययन पूरा हुन्छ ।’

उनका अनुसार सूचना पाउनासाथ डेटा सुरक्षित राख्न ‘फायरवाल’ लाई सक्रिय बनाईएको छ । ह्याक भएको सर्भरमा ग्राहक र टेलिकमका डेटाहरु कति थिए भन्ने यकिन तथ्यांक भने छानबिन पछि मात्रै थाहा हुने उनको भनाई छ । 

छानबिनका लागि कुनै त्यस्तो समिति भने बनिसकेको छैन । 

इन्स्किट ग्रुपले भने नेपाल टेलिकमको सर्भरमा ‘ग्लासफिस’ सर्भरबाट छिरेर ‘कोल्बटस्ट्राइक’ मार्फत सर्भर ह्याक गरेको दाबी गरेको छ । मल्टिपल आक्रमण भएको तर, एउटा सर्भरबाट डेटा तानिएको दाबी उक्त ब्लगको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved