इन्टरनेटमा आधारित ‘ई–सिम’ ल्याउँदै टेलिकम, के छन् विशेषता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2021 | 02:38:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले इन्टरनेटमा आधारित सिम कार्ड ल्याउने भएको छ । अहिले प्रयोगमा रहेका चिपमा आधारित प्लाष्टिकबाट बनेका सिम कार्डको विस्थापन गर्दै अनलाइनमा आधारित ई–सिम प्रयोगमा ल्याउन लागिएको टेलिकमले जनाएको छ ।

ई–सिम कार्ड मोबाइल डिभाइससहित अन्य डिजिटल डिभाइसमा पनि चल्ने खालको हुने बताईएको छ । ई–सिम मोबाइल डिभाइससहित अन्य विभिन्न खालका डिजिटल डिभाइसमै इम्बेड गर्न सकिने टेलिकमले जनाएको छ ।

एक वर्षमा डेढ लाख ई–सिम ल्याईने

टेलिकमले आगामी आर्थिक वर्ष २०७८/०७९ भित्रै यो योजनाको कार्यान्वयन सुरु गर्ने भएको छ । आगामी आर्थिक वर्षमा ८० लाख सिम खरिद गर्ने योजना बनाएको टेलिकमले १ लाख ५० हजार ई–सिम ल्याउने भएको छ । टेलिकमका अनुसार ७५ लाख सिम कार्ड खरिदका लागि टेण्डर भईसकेको छ ।

नयाँ योजना भएकाले हाललाई १ देखि डेढ लाखसम्म ई–सिम ल्याउन लागिएको टेलिकम स्रोतले बताएको छ । यसका लाथि आफ्नै आधार तयार गर्ने वा बाहिरबाट तयारित प्लेटफर्म खरिद गर्ने भन्ने विषय हाल छलफलकै क्रममा रहेको टेलिकम बताउँछ ।

प्रबन्ध निर्देशक डिल्लिराम अधिकारी अबको प्रविधि अनुसारको ई–सिम मोडलमा टेलिकमलाई लैजानका लागि आगामी आर्थिक वर्षबाट काम सुरु गर्न लागिएको बताउँछन् ।

फाइदा के ?

ई–सिम मार्फत एउटा मोबाइलमा भएको डेटा अर्को मोबाइलमा सजिलै सार्न सकिन्छ । यति मात्रै नभई भएको डेटालाई पनि आफ्नो आवश्यकता अनुसार फेरबदल गर्न सकिन्छ ।

मोबाइलमा सिम राख्न अहिलेको जस्तो छुट्टै ठाउँ पनि आवश्यक पर्दैन ।

स्मार्ट वाचलाई पनि मोबाइल नेटवर्कमा जोड्न सकिनेछ ।

यी हुन् ई–सिम सपोर्ट गर्ने मोबाइल

हाल विभिन्न ब्राण्डका मोबाइलमा ई–सिम सर्पोट हुन्छ । छिमेकी मूलुक भारतका एयरटेल र जियो कम्पनीले पनि ई–सिम सर्पोट गर्ने सिस्टमवाला मोइबाल बनाउने गरेका छन् ।

सबैभन्दा धेरै ई–सिम सर्पोट गर्ने मोबाइल डिभाइस एप्पलका छन् । एप्पलको आईप्याड प्रो, एप्पल वाच सिरिज थ्री, वाच सिरिज फोर, सिरिज फाइभ, आईफोन एक्स, एक्स एस म्याक्स, आईफोन एक्स आर, आईफोन इलाभेन र टुवेल्भ सिरिजले ई–सिम सर्पोट गर्छन् ।

गुगलको पिक्सेल टु, गुगल पिक्सेल थ्री, पिक्सेल थ्री एक्सएल, पिक्सेल फोर, पिक्सेल फोर एक्सएल, पिक्सेल फोर ए ले ई–सिम लिँदै आएका छन् ।

सामसङका ग्यालेक्सी एस ट्वान्टी, एस ट्वान्टी प्लस, एस ट्वान्टी अल्ट्रामा पनि ई–सिम सर्पोट हुने सिस्टम जडान गरिएका छन् । माइक्रोसफ्ट विन्डोज १०, ह्वावे पी ४० मा पनि ई–सिम सपोर्ट हुन्छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved