काठमाडौँको थप ६ स्थानमा सिजीको नेट, यस्ता छन् प्याकेज र मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2021 | 03:42:10 PM मा प्रकाशित

laxmi  sunrise bank

चौधरी समूहको सिजी नेट विस्तार भएको छ । ललितपुरको जावलाखेल र झम्सिखेलबाट फाइबर इन्टरनेट सेवा सुरु गरेको चौधरी ग्रुपले काठमाडौँमा पनि सेवा विस्तार गरेको हो । 

कुलेश्वर, बल्खु, कलंकी, कालिमाटी, टेकु, त्रिपुरेश्वर क्षेत्रमा सेवा विस्तार गरिएको सिजीले जनाएको छ । सिजीले सेवा सुरु गरेको अवसरमा ग्राहकलाई अफरका रुपमा ‘इन्ट्रडक्टरी अफर’ ल्याएको छ । सिजी नेटको १२० एमबीपीएसको प्याकेज १, ३, ६ र १२ महिनामा उपलब्ध छन् ।

कम्पनीले जडान र ड्रप वायर प्वइन्टदेखि घरसम्म जोड्ने तारको निःशुल्क गरिदिएको छ । 

१२० एमबीपीएसको मूल्य एक महिनाको भ्याटबाहेक ९९९ रुपैयाँ तोकेको छ । एक महिने प्याकमा एकपटक तिर्नुपर्ने गरी सिंगल ब्याण्ड राउटरको २५ सय रुपैयाँ, डुअल ब्याण्ड राउटरको ३५ सय रुपैयाँ र रिफन्डेबल डिपोजिट पाँच सय रुपैयाँ तिर्नुपर्ने छ ।

३, ६ र १२ महिने प्याकेज लिँदा उपभोक्ताले राउटरमा छुट पाउनेछन् । ३ महिने प्याकेजको भ्याटबाहेक २ हजार ९९७ रुपैयाँ तिर्नेपर्नेछ । यसमा सिंगल ब्याण्ड राउटरको २ हजार रुपैयाँ, डुअल ब्याण्ड राउटरको ३ हजार रुपैयाँ र रिफन्डेबल डिपोजिट ५ सय रुपैयाँ तिर्नुपर्ने छ ।

६ महिने प्याकेजको भ्याटबाहेक ५ हजार ९९४ रुपैयाँ तोकेको छ । सिंगल ब्याण्ड राउटरको १५ सय रुपैयाँ, डुअल ब्याण्ड राउटरको २५ सय रुपैयाँ र रिफन्डेबल डिपोजिट ५ सय रुपैयाँ तिर्नुपर्ने छ ।

१ वर्षे प्याकेजको भ्याटबाहेक ११ हजार ९८८ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । यो प्याकेजमा राउटर निःशुल्क पाईनेछ भने रिफन्डेबल डिपोजिटका लागि ५ सय रुपैयाँ मात्रै तिरे पुग्ने छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved