डिशहोम फाइबरनेटको 'खुशीको साथी' अफर सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2022 | 03:37:04 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोम फाइबरनेटले नयाँ योजना "खुशीको साथी," सार्वजनिक गरेको छ । खुशीको साथी अन्तर्गत ग्राहकहरुले रु ४१,७३९ मा DHI Smart TV, 5G Dual Band Router सहित २५० Mbps फाइबरनेटको एक वर्षे subscription साथै डिशहोम iTV को एक बर्षको subscription पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार iTV मा ग्राहकहरुले सर्ट टिभी, फन टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरियन सिरिजहरु जस्ता डिशहोम विशेष च्यानलहरु सहित २०० भन्दा बढी टिभी च्यानलहरु हेर्न सक्छन् । खुशीको साथी, अन्तर्गतको उत्कृष्ट DHI Smart TV मा ग्राहकहरुले एउटा छुट्टै र उत्कृष्ट टिभी हेराइको अनुभव प्राप्त गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ।

परिवारका हरेक सदस्यहरुको फरक फरक आवश्यकतालाई मध्यनजर गर्दै डिशहोम मिडियाले आफ्ना सेवाहरु समावेश गरि DHI Smart TV सहित यो योजना ल्याएको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved