प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो विशेष अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2024 | 02:08:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहिद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न प्रकारका अफर उपलब्ध गराएको छ । सो अफर आज (२०८० फागुन ६) देखि प्रारम्भ भएको छ र आगामी फागुन १२ सम्म उपलब्ध हुने टेलिकमले जनाएको छ ।

यस अनुसार नेपाल टेलिकमले देशमा प्रजातन्त्र / लोकतन्त्र / गणतन्त्र प्राप्तिको लागि आहुति दिने वीर शहिदहरुको सम्मानार्थ शहिद परिवारलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराउने छ ।
साविक बमोजमको Free Resource अर्थात १ जीबी डाटा, १०० मिनेट अन-नेट भ्वाइस र १०० अन-नेट एसएमएस सुविधा भएको तथा ३० दिन सम्म सो Resource चलाउन मिल्ने सिमकार्ड शहिद परिवारलाई निःशुल्क उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

त्यस्तै टेलिकमले एफटीटीएच अन्तर्गत ५० एमबीपीएसको Yearly One Time प्याकेज र Combo Yearly One Time प्याकेजमा सहुलियत प्रदान गरिएको उल्लेख गरेको छ।

टेलिकमका अनुसार कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको छ । यस अन्तर्गत १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेजका साथै ६ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डाटा प्याकेज तथा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा सहितको फेस्टिभ कम्बो प्याक समेत उपलब्ध छ ।

आगामी फागुन १२ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा 'नेपाल टेलिकम एप' प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिने टेलिकमले जनाएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved