सरकारलाई एनसेलको माउ कम्पनीको जवाफ: कर तिर्ने दायित्व हाम्रो होइन,तिर्दैनौ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2019 | 03:16:25 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसेलको माउ कम्पनी एक्जिएटाले नेपालको सर्वोच्च अदालतले दिएको आदेशपछि सार्वजनिक भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। पछिल्लो पटक एनसेलको मालिक बनेको मलेसियन कम्पनी एक्जिटाले एक बिज्ञप्ती जारि गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो। 

अदालतले दिएको आदेशबारे अनबिज्ञता रहेको प्रकट गर्दै एक्जिएटाले नेपालको ठुला करदाता कार्यालयले एनसेल र एक्जिएटाको नाममा कुनै पनि लाभकर तिर्नु नपर्ने गरी जुन ४ २०१७ मा क्लिन चिट दिएको दाबी गरेको छ।

एनसेलको खरिद बिक्रि कारोबार  'अफशोर कारोबार' अर्थात बिदेशी भूमिमा भएकोले त्यसमा कुनै पनि लाभकर तिर्नु नपर्ने भन्दै एक्जिएटाले लाभकर नतिर्ने स्पष्ट संकेत दिएको छ। लाभकर तिर्नेपर्ने भएपनि उक्त लाभकर एनसेलको स्वामित्व बिक्रि गर्ने नेदरल्याण्डको कम्पनी टेलियासोनेराको हुने एक्जिएटाले जारि गरेको बिज्ञप्तीमा उल्लेख छ। 

यसअघि: प्रधानन्यायधीश जवराको शाहसिक निर्णय, एक्जिएटा र एनसेलबाट ७१ अर्ब असुल्न परमादेश

एनसेलको स्वामित्व हस्तान्तरण बिदेशी भूमिमा भएकाले लाभकर तिर्ने नपर्ने र तिर्नुपरे पनि त्यसको दायित्व टेलियासोनेराको हुने मले कम्पनी एक्जियटाले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ। 'आदलतको आदेश प्राप्त भएपछि थप जानकारी दिनेनै छौं' बिज्ञप्तीमा भनिएको  छ।            

तीन वर्षअघि टेलियासोनेराले नेपालमा रहेको एनसेल कम्पनीको ८० प्रतिशतको स्वामित्व मलेसियाको कम्पनी एक्जिएटालाई बेचेको थियो। सर्वोच्च अदालतले एनसेल बिक्रीबापतको लाभकर एनसेल र एक्जियटाबाट उठाउन परमादेश जारी गरेको हो। प्रधानन्यायधीश चोलेन्द्र समशेर जबरा सहितको बृहत पूर्ण इजलाशले एनसेल बिक्रीको पूँजीगत लाभकर उठाउन एनसेल र एक्जियटाको नाममा परमादेश दिएको हो। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved