पब्जी प्रतिबन्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2019 | 04:13:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले चर्चित अनलाइन गेम पब्जीमाथि प्रतिबन्ध लगाएको छ  । नेपाल दूरसञ्चार प्राधिकरणले पब्जीखेलमा प्रतिबन्ध लागउने निर्णय गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा खेलमाथि प्रतिबन्ध लगाएको हो  । प्राधिकरणले  पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको प्राधिकरणका प्रबक्ता मिनप्रसाद अर्यालले जानकरी दिए   निर्देशनमा आजै बाट खेल डाउनलोड गर्ने र खेल्ने क्रम रोक्न भनिएको छ । 

पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि सरकारले खेल मै प्रतिबन्ध लगाएको हो  पछिल्लो पटक प्रहरीको पब्जीसंग सम्बन्धित धेरै गुनासो तथा उजुरी आउने गरेको थियो  । 

 ‘प्लेयर अननोन ब्याटलग्राउन्ड’ अर्थात् छोटकरीमा पब्जी भनिने यो खेल अहिले संसारमा धेरै खेलिने अनलाइन खेलमध्ये एक ‘भर्चुअल’ हो। यसको क्रेज अहिले बिश्वभर छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved