हानको अध्यक्षमा विनायक शाह सर्वसम्मत, महासचिवमा साजन शाक्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2023 | 06:57:40 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल संघ नेपाल (हान)को अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित भएका छन् । संघको आज सम्पन्न ४८औँ वार्षिक साधारणसभाले शाहको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । 

हानका नवनिर्वाचित अध्यक्ष शाह दुइतारे एयरपोर्ट होटलका सञ्चालक हुन् । यसअघि उनी प्रथम उपाध्यक्ष थिए । 

साधारणसभाबाट प्रथम उपाध्यक्षमा प्रवीणबहादुर पाण्डे, द्वितीय उपाध्यक्ष विनय तुलाधर, महासचिवमा साजन शाक्य र कोषाध्यक्षमा युवराज श्रेष्ठ चयन भएका छन् ।

कार्यसमिति सदस्यमा विधाता श्रेष्ठ, जयदिन श्रेष्ठ, सारिक अहमद लारी, विनोदशङ्कर श्रेष्ठ, दिनेश श्रेष्ठ, विशालकुमार कैंथ, राजेन्द्र भट्ट, रामकुमार पुरी, ठाकुरप्रसाद पोखरेल, लक्ष्मण अर्याल, विप्लव पौडेल, गोपाल राना, राजन श्रेष्ठ र सुमन घिमिरे चयन भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved