होटल संघद्वारा उत्सव तथा जात्राहरु समावेश नयाँ सालको क्यालेन्डर विमोचन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2024 | 08:12:16 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल संघ नेपालका २०८१ सालको वार्षिक टेबुल क्यालेन्डर विमोचन गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले बिहिबार क्यालेन्डर विमोचन गरेका हुन् ।

संघबाट प्रकाशित क्यालेन्डरमा सातै प्रदेशका चाडपर्व, उत्सव तथा जात्राहरुलाई समेटेर तयार गरिएको जनाइएको छ । अवसरमा होटल संघ नेपालका अध्यक्ष विनायक शाहले अन्तर्राष्ट्रिय पर्यटन बजारबाट नेपालको चाडपर्व तथा जात्राहरु बारे सोधपुछ हुने गरेकोले उक्त क्यालेन्डर प्रकाशित गरेको बताए । साथै अध्यक्षशाहले उक्त क्यालेन्डर स्वदेशी तथा विदेशी प्रतिष्ठित टूर अपरेटरका साथै गैर आवासीय नेपाली संगठन तथा विदेशीस्थित नेपाली नियोगहरु मार्फत पनि वितरण गरी मुलुकमा अन्तर्राष्ट्रिय पर्यटकहरुको नेपाली मौलिक चाडपर्व जात्रा प्रतिबढ्दै गएको आकर्षणलाई सम्बोधन गर्ने प्रयास गरिएको बताए । 

विमोचनको क्रममा मन्त्री तामाङले यस चाडपर्व तथा जात्रा लक्षित क्यालेन्डरबाट मुलुकको प्रचारप्रसार भई विदेश्ी पर्यटकहरुको आकर्षण बढ्ने हुँदा यो एउटा पर्यटन प्रवद्र्धनको राम्रो माध्यम भएको बताउँदै मुलुकको पर्यटन प्रवद्र्धनमा अग्रसर भई निजी क्षेत्रसँगको समन्वयमा काम गरिने बताए । उनले होटल क्षेत्रको अझ विकास र विस्तारका लागि उद्योगमा वर्गिकरण गरी उद्योगले पाउनु पर्ने सेवा सुविधा दिलाउने विश्वास दिलाए ।

उक्त अवसरमा मन्त्री तामाङले आतिथ्यता सम्बन्धी क्लाउडवेस इ–लर्निङ तालिम कोर्षहरु पनि अपलोड गरी शुभारम्भ गरे । यस कोर्षबाट दूरदराजमा रहेका साना तथा मझौला होटलहरुमा कार्यरत कामदार तथा कर्मचारीहरुलाई दक्षता र सीप विकास गराउन सघाउ पुग्ने उनले बताए । 

कार्यक्रममा महासचिव साजन शाक्यले नेपालमा होटलले भोगिरहेको समस्याका बारेमा जानकारी गराउनुभयो भने वरिष्ठ उपाध्यक्ष प्रविणबहादुर पाण्डेले धन्यवाद ज्ञापन गरे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved