लिपुलेकमा फसेका अनसनकारीको उद्दार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2019 | 12:23:17 PM मा प्रकाशित

laxmi  sunrise bank

लिपुलेकमा आमरण अनसन बस्ने क्रममा फसेका युवाको उद्दार गरिएको छ । उनीहरु अनसन बसेको स्थल दार्चुलामा बाक्लो हिउँ परेको र त्यहाँबाट तल वा माथि कतै पनि जान नसक्ने अवस्था आए पछि उनीहरु त्यहि स्थानमा फसेका थिए ।

फसेकाहरुको उद्दार गरिएको स्वतन्त्र राष्ट्रिय अभियानका अभियन्ता तथा अधिवक्ता स्वागत नेपालले जानकारी दिए । अधिबक्ता नेपालका अनुसार अनसन बस्ने क्रममा बेहोस भएका  के एन बस्यालको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्दार गरिएको हो । बस्याललाई हेलिकप्टर मार्फत दार्चुलाको आर्मी ब्यारेकमा ल्याईएको र त्यहाँबाट एम्बुलेन्समा अस्पताल पुर्याईने छ । त्यस्तै अनसन बसेका अन्य २ (सेफर्ड लिम्बू, र रमित बलामी) भने स्थलमार्गबाट तल झार्न लागेको अधिबक्ता नेपालले बताए । केहि दिन अगाडी अधिबक्ता नेपालले उनीहरुको उद्दार गरिदिन आग्रह गरेका थिए ।

भारतले लिपुलेकलाई आफ्नो देशमा समावेश गरेर नयाँ नक्सा जारि गरेपछि उनीहरु नेपाली भुमिलाई फिर्ता ल्याउन माग गर्दै अनसन बस्न पुगेका थिए।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved