विष्णु पौडेलका छोरा ललिता निवासको जग्गा फिर्ता गर्न तयार, चलेन मुद्दा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2020 | 07:32:57 PM मा प्रकाशित

नेकपाका महासचिव विष्णु पौडेलका छोरा नविन पौडेलले ललिता निवासमा किनेको जग्गा फिर्ता गर्ने भएका छन्। पौडेलले अनुसन्धानका क्रममा अनुसन्धान अधिकृत समक्ष जग्गा छाड्न तयार भएको बयान दिएका हुन् । यससंगै अख्तियारले पौडेल बिरुद्द मुद्दा चलाएको छैन । विष्णु पौडेलले ८ आनाको दुई कित्ता जग्गा ललिता निवासमा खरिद गरेका थिए। जुन विष्णु पौडेलले उनको छोराको नाममा दर्ता गरेका थिए। 

सर्वोच्च अदालतका बहालवाला न्यायाधीश कुमार रेग्मीले पनि जग्गा छाडिदिन आफू मञ्जुर रहेको बताएपछि उनलाई प्रतिवादी बनाइएको छैन।

आज बालुवाटार जग्गा प्रकरणमा संलग्न १७५ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो  । बुधबार अख्तियारले पूर्वमन्त्री विजय गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको हो । पूर्वसचिवहरु छविराज पन्त, दिनेशहरि अधिकारी र दीप बस्न्यात विरुद्ध पनि मुद्दा दर्ता भएको छ । भाटभटेनीका मालिक मीनबहादुर गुरुङविरुद्ध मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २९९ रोपनी मध्ये ११४ रोपनी जग्गा हिनामिना भएको ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved