वीर अस्पताल कै फार्मेसीमा कालोबजारी, २ लाख जरिवाना तिराईयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2020 | 08:28:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले मास्क, सेनिटाइजर लगायतका औषधीजन्य सामग्री लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने फार्मेसीलाई कारवाही गरेको छ ।  कालोबजारी भएको गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनका क्रममा  कृत्रिम अभाव सिर्जना गर्ने फार्मेसीलाई कारवाही गरेको हो

अनुगमनको क्रममा वीर अस्पताल परिसरमा रहेको आयुस फार्मेसीले कृत्रिम अभाव सिर्जना गरेको पाईएपछि विभागले २ लाख जरिवाना तिराएको छ। त्यस्तै विभागले अनुगमनको क्रममा क्षेत्रपाटीमा रहेको एसजे मेडिको सर्जिकललाई २० हजार जरिवाना तिराएको छ । साथै महाबौद्धमा रहेको आरएफ फार्मेसीलाई विभागले १० हजार जरिवाना तिराएको छ । यी २ फार्मेसीले खरिद बिल देखाउन नसकेकोले  कारवाही गरेको विभागले जनाएको छ 

विभागले आज ति क्षेत्रका अन्य ४ फार्मेसीमा पनि अनुगमन गरेको र अवस्था सामान्य पाएको महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिएका छन्  ।  कोरोना भाइरसको रोकथामको लागि नागरिकले मास्कको प्रयोग गर्न थालेसँगै बजारमा कृत्रिम अभाव सुरु भएकोले अनुगमन कडा बनाएको उनले बताए  । उनले  शुक्रबारदेखि अनुगमनमा थप कडाइ गरिने बताएका छन् । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved