लकडाउनको अवधिमा उद्योग/व्यवसायहरुको औसत बिजुली खपत उल्लेख्य मात्रामा घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा सहभागी भएका उद्योग/व्यवसायहरुमध्ये ४६.६ प्रतिशतले पहिलेको भन्दा ७५ प्रतिशतसम्म कम, १९.२ प्रतिशतले पहिलेको भन्दा ५० प्रतिशतसम्म कम र १८.१ प्रतिशतले पहिलेको भन्दा २५ प्रतिशतसम्म कम बिजुली खपत गरेको जनाएका छन् ।
सर्वेक्षणमा सहभागी भएकामध्ये १३.५ प्रतिशत उद्योग/व्यवसायहरुको बिजुली खपत पहिलेको जस्तै रहेको र २.६ प्रतिशतको बिजुली खपत बढेको राष्ट्र बैंकले जनाएको छ ।