हट्यो लाइसेन्स आवेदनको कोटा प्रणाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2021 | 10:13:55 AM मा प्रकाशित

laxmi  sunrise bank

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा लगाएको कोटा प्रणाली हटाएको छ । गत पुस १४ गतेबाट खुला गरिएको अनलाईन आबेदनमा राखिएको कोटा प्रणाली आजबाट हटेको हो । 

अव २४ सैँ घण्टा सेवाग्राहीले आफ्नो आवश्यकता अनुसार अनलाईनमा आबेदन दिनसक्ने विभागले जनाएको छ । अनलाईन आवेदनका क्रममा सर्भरमा समस्या आएपछि उक्त सिस्टममा समेत सुधार गरेर आजबाट अनलिमिटेड फारम भर्न सक्ने व्यवस्था मिलाएको विभागका महानिर्देशक गोगनबहादुर हमाल बताउँछन् । 

कोरोना महामारीका कारण बन्द भएको सवारी चालक अनुपत्रिको अनलाईन आबेदन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरू पालन गर्ने व्यवस्था गरी १४ गतेदेखि खुला गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved