हामी, कांग्रेस र जसपाको सरकार बन्दा भारतलाई कम्फर्टेबल हुन्छ: प्रचण्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2021 | 11:08:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विभाजित दल, कांग्रेस र जनता समाजवादी पार्टी मिलेर समीकरण बनाउँदा भारत र चीनका लागि ‘कम्फर्टेबल’ हुने बताएका छन् ।

प्राइम टेलिभिजनको जनता जान्न चाहन्छन भन्ने कार्यक्रममा प्रस्तोता ऋषि धमलाको प्रश्नको उत्तर दिने क्रममा प्रचण्डले राम्रो समझदारी नबनाइकन नेपालमा स्थायित्व र विकास नहुने बताउदै यस्तो बताएका हुन्। 

‘हामी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी मिल्नु भनेको भारतका लागि यो भन्दा कम्फर्टेबल हुँदैन । चीनका लागि पनि यो कम्फर्टेबल नै हुन्छ । राम्रो सम्भावना अहिले छ । यो राम्रो सम्भावनामा जानुपर्‍यो भनेर मैले भनेको छु’ प्रचण्डले भने। 

भारतसँग राम्रो सम्बन्ध नबनाइकन विकास र समृद्धि चुनौतिपूर्ण हुने उल्लेख गर्दै दाहालले भारतप्रति नकारात्मक सोच राखेर आफूले केही पनि नगरेको दाबी गरे । भारतसँग सम्बन्ध सुमधुर बनाउनुपर्छ र आपसी विश्वासको धरातल सिर्जना गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको उनको भनाइ छ।

संसदले यथासम्भव छिटो नयाँ प्रधानमन्त्री दिने र सहमतिका साथ नेपालले नयाँ प्रधानमन्त्री पाउने समेत दाहालले बताए। प्रधानमन्त्री बन्ने इच्छा नभएपनि सहमति जुट्दा र सबैबीच समझदारी बन्दा आफु प्रधानमन्त्री बन्ने प्रचण्डले संकेत गरे। 

त्यस्तै प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति स्वीकार नगर्नु आफ्नो राजनीतिक जीवनमा एउटा गम्भीर गल्ति भएको बताएका छन्। थप पढ्नुहोस...

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved