गिरिजालाई राष्ट्रपति स्वीकार नगर्नु गम्भीर गल्ति थियो, अहिलेपनि पश्चाताप छ: प्रचण्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2021 | 09:47:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति स्वीकार नगर्नु आफ्नो राजनीतिक जीवनमा एउटा गम्भीर गल्ति भएको बताएका छन्। 

प्राइम टेलिभिजनको जनता जान्न चाहन्छन भन्ने कार्यक्रममा प्रस्तोता ऋषि धमलाको प्रश्नको उत्तर दिने क्रममा प्रचण्डले तत्कालिन अवस्थामा गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति स्वीकार नगर्नु आफूबाट गम्भीर गल्ति भएको स्वीकारेका छन्। 

उनले उक्त निर्णयले आफुलाई  अहिलेपनि पश्चात भएको बताएका छन्। शान्ति सम्झौताका क्रममा आफूबाट भएका गल्तिहरु मध्ये यो एउटा गम्भीर गल्ति भएको उनले स्वीकारे। 

'गिरिजाप्रसाद कोइरालालाई तत्कालै राष्ट्रपति स्विकार्नु पर्ने थियो, कस्तो गल्ति गरेछु भन्ने पश्चात छ, अरु पनि केहि गल्ति भएका छन्' प्रचण्डले भने, 'अहिलेपनि केपी शर्मा ओलीलाई फकाउन तर्फ लागे, यहाँनेर पनि मेरो कमजोरी भयो।' 

तत्कालिन अवस्थामा कोइरालालाई राष्ट्रपति स्वीकार नगर्दा प्रचण्डलाई भित्ते राष्ट्रपतिको रुपमा व्याख्या गरिएको थियो। गिरिजाप्रसाद कोइराला राष्ट्रपति बन्ने माहोल नबनेपछि उनको प्रस्ताव र प्रयासमा डा। रामवरण यादव गणतन्त्र नेपालका पहिला राष्ट्रपति बनेका थिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved