बस्न सकेन १० मिनेटको लागि स्थगित संसद, अर्को बैठक बुधबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2021 | 07:04:19 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधि सभा बैठक फागुन २६ गतेसम्मको लागि स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले आज नै १० मिनेटपछि अर्को बैठक बस्ने गरि समय तोकेका थिए ।  तर सहमति नजुटेपछि २६ गतेसम्मको लागि बैठक स्थगित भएको हो । 

आज बैठक नेकपाको माधव नेपाल र प्रचण्ड समुहले बहिस्कार गरेको छ। सरकारको अवस्था स्पष्ट नभएको र बैठकमा कार्यसूचीमा सरकारले ल्याएको अध्यादेश पनि राखिएको भन्दै उनीहरुले बैठक बहिस्कार गरेका हुन्। 

त्यसपछि सभामुखले कानुनमन्त्रीलाई अध्यादेश पेश गर्नलाई समय दिएका थिए । कानुनमन्त्रीलाई अध्यादेश पेश गर्न समय दिएकोमा कांग्रेसले आपत्ति जनाएको थियो । तर सभामुखले कांग्रेसको आपत्तिका बीच मन्त्रीलाई अध्यादेश पेश गर्न समय दिए । लगतै कांग्रेस र जसपाले नाराबाजि गर्दै रोष्ट्रम घेराउ गरे । सोहि बीचमा मन्त्रीले अध्यादेश पेश गरे। तर कांग्रेस र जसपाके संवैधानिक परिषद् सम्बन्धि अध्यादेश फिर्ता लिन माग गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved