अफ सिजन भनिने चैतमा घरजग्गा कारोबारमा नयाँ रेकर्ड, साढे ८ अर्ब राजश्व संकलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2021 | 06:21:31 PM मा प्रकाशित

laxmi  sunrise bank

चैत महिनामा घरजग्गा कारोबार र राजश्व संकलनले यसअघिका सबै रेकर्ड ब्रेक गरेको छ । चैतमा ८७ हजार १८७ घरजग्गा किनबेच भएका छन् । यस वापत कुल ८ अर्ब ५९ करोड रुपैयाँ राजश्व संकलन भएको छ । 

भूमि व्यवस्थपन तथा अभिलेख विभागका अनुसार अनलाइन प्रणाली लागू भएका देशभरका १०८ मालपोत कार्यालयहरुबाट चैतमा ८७ हजार १८७ घरजग्गा किनबेच हुँदा फागुनमा भएको उच्च कारोबारको रेकर्ड तोडिएको हो । फागुनमा ७६ हजार ४९१ घरजग्गा किनबेच भएका थिए । 

चैतमा फागुनको तुलनामा ४२ हजार बढी अर्थात् २ लाख ५६ हजार ७५० सेवा प्रवाह भएको विभागले जनाएको छ । घरजग्गा नामसारी, संसोधन, रोक्का, फुकुवा, हालसाविक, अपार्टमेन्टको लिखत पारित, जग्गा दर्ता, दाखिल खारेज, मोही हक कायम, मोहियानी हक नामसारी, मोही लागत कट्टा, जग्गा बाँडफाँड लगायत सेवा प्रवाहमार्फत ८ अर्ब ५९ करोड रुपैयाँ राजश्व संकलन भएको विभागले जनाएको छ । 

फागुनमा ७ अर्ब ५ करोड रुपैयाँ राजश्व संकलन भएको थियो । यो तथ्यांक अनलाइन प्रणाली लागू भएका १०८ मालपोत कार्यालयहरुको हिसाबका आधारमा तयार पारिएको हो । मुलुकभर रहेका १२६ वटै मालपोतको तथ्यांक जोड्ने हो भने चैतमा ९० हजार घरजग्गा किनबेच र ९ अर्बको हाराहारी राजश्व संकलन भएको विभागको अनुमान छ ।

फागुन, चैत महिना घरजग्गा कारोबार सुस्ताउने महिना भएपनि यीनै २ महिनाले पालैपालो रेकर्ड ब्रेक गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved