यस्तो छ कोरोना संक्रमण रोक्न जारी भएको ३० बुँदे आदेश, के के गर्न पाइदैन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2021 | 08:05:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ  । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले शहरी क्षेत्रका विद्यालय बैशाखभर बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । 

सरकारले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ । जस अनुसार काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाका सबै महानगरपालिका तथा नगरपालिकाका शैक्षिक संस्थाहरु बन्द रहने छन् । त्यस्तै बिरागनगर, वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाका शैक्षिक संस्थाहरु तथा इटहरी, धरान, जनकपुर, हेटौडा, बुटवल, घोराही, तुल्सीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाका शैक्षिक संस्थाहरु पनि बन्द हुने सरकारको आदेशमा उल्लेख छ । त्यस्तै मेचीनगर, बिर्तामोड, दमक, राजविराज, बनेपा, धुलीखेल, सिद्धार्थनगर, वीरेन्द्रनगर, र भीमदत्तनगर नगरपालिकामा रहेका शैक्षिक संस्थाहरु पनि बन्द रहने छन् ।

त्यस्तै होटल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने छन् र  त्यस समयपछि होम डेलिभरी मात्र गर्न पाइने छ। साथै सार्वजनिक गाडी चढ्दा मास्क अनिवार्य लगाउनु पर्ने भएको छ ।  मास्क नलगाउनेलाई सह चालकले अधिकतम १० रूपैयाँ जरीवाना लिएर मास्क वितरण गर्नु पर्ने गरि सरकारले नयाँ आदेश जारि गरेको हो । त्यस्तै आदेशमा सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु राख्न नपाउने , गाडीलाई नियमित सेनिटाइज गर्नुपर्ने, मास्क नलगाएकालाई गाडीमा छिर्न नदिने, चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्ने, हवाई यातायातको हकमा पर्याप्त स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने लगायतका विषय उल्लेख छन्।

पार्टी प्यालेसमा विवाह गर्नु परेमा प्रमुख जिल्ला अधिकारीको अनुमति आवश्यक पर्ने भएको छ । पार्टी प्यालेसमा विवाह र ब्रतबन्धजस्ता कार्य गर्नु परेमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनु पर्ने निर्णय भएको छ । बैठकले यी कार्यमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने निर्णय पनि गरेको छ । मेला, महोत्सव, जात्रा, पर्व र मलामीमा पनि २५ जना भन्दा बढी सहभागी हुन नपाउने गरि सरकारले नयाँ आदेश जारी गरेको छ ।

आदेशको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नु होला  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved