जोसियलसहित ७ नेटवर्किङ व्यवसाय अवैध ठहर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2021 | 01:27:01 PM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जोसियल सहित ७ वटा नेटवर्किङ कारोबारलाई गैरकानुनी भनेको छ । विभागले एक विज्ञप्ति निकाल्दै हाईपर फण्ड ग्लोबल, जोसियल, सीआरयू, वीन्टर, क्राउड वान, सोलम्याक्स र पोइन्ट वीसको नाम नै तोकेर यीनिहरु नेटवर्किङ नै भएकाले अवैध भएको जनाएको छ ।  

बस्तुको प्रत्यक्ष बिक्रि (व्यवस्थापन तथा नियमन) गर्ने ऐन तथा नियमावली २०७६ मा पिरामिडमा आधारित सञ्जालयुक्त (नेटवर्किङ) व्यवसाय गर्न नपाईने व्यवस्था छ । तर, हाईपर फण्ड ग्लोबल, जोसियल, सीआरयू, वीन्टर, क्राउड वन, सोलम्याक्स र पोइन्ट वीसले बस्तुको प्रत्यक्ष बिक्रिको नाममा गैरकानुनी रुपले अनलाइन माध्यमको समेत प्रयोग गरी नेटवर्किङ शैलीको व्यवसाय गरी नेपाल र नेपाल बाहिर रहेका नेपालीहरुलाई आवद्ध गराएर ठगी गरिरहेको गुनासो आएको विभागले जनाएको छ । 

यसअघिः 
डलर कमाउने प्रलोभन देखाएर ‘जोसियल’ को अवैध कारोबार, के गर्दैछ प्रहरी ?

‘गुनासो/उजुरीका आधारमा केही व्यक्ति, फर्म तथा कम्पनीहरु उपर अनुसन्धान, जाँचबुझ तथा छानबिन पनि भईरहेको छ’ विभागले भनेको छ ।

नेटवर्किङ व्यवसाय गर्ने वा गराउनेलाई १० लाख रुपैयाँसम्म जरिवाना, ५ वर्षसम्म कैद सजाय वा दुबै सजाय हुन सक्ने कानुनी प्रावधान छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved