कक्षा १२ को नतिजा प्रकाशित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2021 | 10:43:38 AM मा प्रकाशित

laxmi  sunrise bank

कक्षा १२ को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज शुक्रबार बसेको बोर्ड बैठकले  नतिजा प्रकाशित गरेको हो । 

नतिजा प्रकाशन भएपनि  सिष्टममा अपलोड हुने क्रम मै रहेकोले केही समयपछि मात्र नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।   कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो ।

बोर्डका अनुसार ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले ए प्लस ग्रेड ल्याएका छन् । ४८ हजार २ सय ३९ जनाले ए ग्रेड ल्याएका छन् । त्यस्तै ७० हजार १ जना परीक्षार्थीले बी प्लस ल्याएका छन् । ९९ हजार ५ सय ३७ जनाले बी ग्रेड पाएका छन् । 

७५ हजार ८८ जना परीक्षार्थीले सी प्लस ग्रेड ल्याएका छन् भने  २४ हजार ५ सय १५ जनाले सी ल्याएका छन्। ३ हजार ८ सय ७५ परीक्षार्थीले डी प्लस ल्याएका छन् भने २ सय ९६ जनाले डी प्लस ल्याएका छन् । १० हजार ७३ परीक्षार्थीले इ ग्रेड पाएका छन् । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved