अब सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य, यस्तो छ गृह मन्त्रालयको ८ बुँदे निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2022 | 03:40:31 PM मा प्रकाशित

laxmi  sunrise bank

गृह मन्त्रालयले कोरोना नियन्त्रण तथा रोकथामको लागि विभिन्न ८ बुँदे निर्देशक जारी गरेको छ । मन्त्रालयले पुस २६ गते मन्त्रीस्तरीय निर्णय यी निर्देशन जारी गरेको हो 

 पछिल्लो समयमा कोभिड-१९ तीव्र रुपमा फैलिरहेको अवस्थालाई दृष्टिगत गरी सो को रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस अनुसार गृहले निर्देशन जारी गरेको हो। निर्देशन कार्यन्वयनको लागि गृहले प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, अध्यागमन विभाग, कारागार व्यवस्थापन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र सबै  जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।

यस्ता छन् निर्देशन : 

१. सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक, तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक,सामाजिक एवम् त्यहि प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्ने । अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने । अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढि भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन आवश्यक व्यवस्था गर्ने । जिल्लाले आफ्ना जिल्ला र स्थानीय तहको अवस्थाको विश्लेषण गरी परिस्थितिजन्य लचकता वा कडाई गर्न समेत सक्ने ।

२. सार्वजनिक स्थानहरुमा (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि हुने) साथमा राख्ने र ति निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउने गरी यही माघ ७ गतेदेखि लागू गर्ने व्यवस्थाका लागि सबै DCMC ले आवश्यक व्यवस्था गर्ने ।

३. माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने ।

४. नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउने र त्यस्तो परीक्षणबाट संक्रमित देखिएकाहरुलाई तत्काल संस्थागत आईशोलेसन (होल्डिङ्ग सेन्टर, होटल आदि) मा राख्न सम्बन्धित DCMC ले समन्वय गर्न आवश्यक व्यवस्था मिलाउने ।

५. सार्वजनिक स्थानहरुमा निशुल्क एन्टिजेन टेस्ट वुथहरु स्थापना गर्न र नियमित खोप केन्द्रहरुमा खोपलाई अभियान कै रुपमा अगाडि बढाउन आवश्यक सहजीकरण गर्ने ।

६. नेपाल सरकारबाट २०७८/०८/१३ र २०७८/०९/०८ मा जारी आदेशलाई अध्यागमन विभागबाट ट्राभल एड्भाईजरी जारी गर्दा देहाय अनुसार थप स्पष्ट पार्ने ।
क. पूर्ण मात्रा खोप लगाएको र बोडिङ्ग पास जारी हुनु भन्दा ७२ घण्टा भित्रको PCR Negative भएको यात्रुलाई विदेशबाट नेपाल प्रवेशको लागि सम्बन्धित वायुसेवाले वोडिङ्ग पास जारी गर्ने ।

ख. कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टको पहिलो पटक संक्रमण पहिचान भएका दक्षिण अफ्रिका लगायत ९ (नौ) देशहरुबाट नेपाल आउने वा ती मुलुकहरुमा ट्रान्जिट बनाई नेपाल यात्रा गर्ने नेपाली नागरिक, कूटनीतिक तथा अफिसियल राहदानी वाहक वा आवासीय प्रवेषाज्ञा प्राप्त यात्रुहरुको हकमा मात्र क्वारेण्टिन तथा आईशोलेसनको व्यवस्था लागू हुने ।

७. अध्यागमन विभागले ट्राभल एड्भाइजरी सूचना जारी गर्दा गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयसंग समन्वय गर्ने । त्यस्तो सूचनामा जारी भएको निश्चित मिति, समय र अवधि (duration) पछि मात्र लागू गर्ने व्यवस्था मिलाउने ।

८. कोभिड-१९ संक्रमणको स्थानीय अवस्था हेरी जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि, २०७८ र एकीकृत कोभिङ-१९ रोकथाम, नियन्त्रण र उपचार कार्ययोजना, २०७८ कार्यान्वयनलाई थप प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरुले पहल गर्ने । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved