आयल निगमले बढायो डिजेलको मूल्य, अब कति पर्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2022 | 10:12:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरि डिजेल र मट्टीतेलको मूल्य बढाएको हो।

निगमले डिजेलको मूल्य प्रति लिटर ६ रुपैयाँले बढाएको हो । यस सँगै डिजेलको प्रति लिटर १७८ रुपैयाँ पुगेको छ । मट्टीतेलको मूल्य पनि ६ रुपैयाँले बढेर प्रति लिटर १७८ रुपैयाँ पुगेको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घटेपनि पछिल्लो १५ दिन यता पेट्रोलियम पदार्थको मुल्य बढेकाले नेपालमा पनि त्यसको असर परेको निगमले जनाएको छ। डिजेल मट्टीतेलको मुल्य बढाएपनि निगमलाई अझैं मासिक ९६ करोड ४८ लाख रुपैयाँ घाटा लागिरहेको निगमको दाबि छ। 

निगमको यहि घाटालाई व्यवस्थापन तथा भुक्तानी गर्नलाई पनि निगमको आज बसेको संचालक समितिले डिजेल र मट्टीतेलमा प्रति लिटर ६ रुपैयाँले बढाउने निर्णय गरेको निगमले जनाएको छ। 

पेट्रोल, खाना पकाउने ग्यास, हवाई इन्धनको भने मूल्य बढेको छैन ।  भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएकै दिन निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी)ले आज १ तारिखमा पठाएको सूची अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको हो । नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ३९ पैसा र डिजल ६ रुपैयाँ १२ पैसा बढेर आएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिन्डर १ सय रुपैयाँ घटेर आएको छ । 

आईओसीले हरेक १५–१५ दिनमा आयल निगमलाई मूल्य सूची पठाउँछ । यस अघि भारतबाट ३ पटकसम्म मूल्य घटेर आएकोमा आयल निगमले घाटा नै रहेको भन्दै नेपालमा मूल्य घटाएको थिएन ।

निगमले पेट्रोल लगायत अन्य पेट्रोलियम पदार्थको भने मूल्य बढाएको छैन । हाल नेपालमा पेट्रोल प्रति लिटर १८१ रुपैया,  र खान पकाउने ग्यास प्रति सिलिन्डर १८०० रुपैयाँमा बिक्रि भईरहेको छ ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved