पद खुस्किएको ६ महिनासम्म पनि नगरपालिकाको सम्पत्तिमा निवर्तमानको कब्जा, खाटसमेत छोडेनन्

बिजपाटी प्रदेश सम्बाददाता

बिजपाटी प्रदेश सम्बाददाता

Sep 27, 2022 | 03:13:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सुर्खेत/ स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बित्दा पनि सल्यानको वनगाड कुपिण्डे नगरपालिकाकाका निर्वतमान नगर प्रमुख र उपप्रमुखले सरकारी सम्पत्ति फिर्ता गरेका छैनन् ।

नेकपा एमाले सल्यानका जिल्ला कमिटी अध्यक्षसमेत रहेका तत्कालीन नगरप्रमुख गोविन्द पुनले प्रयोग गरेको जिन्सी सामान अहिलेसम्म फिर्ता नगरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले जिन्सी शाखाबाट लिएका मोबाइल, ल्यापटप तथा अन्य जिन्सी सामान उम्मेदवार भए वैशाख ९ गते तथा नभए जेठ ९ गते फिर्ता गर्न भन्दै गरेको परिपत्र वडाअध्यक्षबाहेक नगर प्रमुख गोविन्द र उपप्रमुख मन्जु ऐेरीले अटेर गरेका हुन् ।

निवर्तमान नगरप्रमुख पुनले ६५ सय पर्ने ग्याँस सेट, २८ हजारको टिभी, २५ हजारको स्यामसुङ मोबाइल, २८ हजारको पलङ र एक सेट डिस होम फिर्ता गर्न लिन बाँकी छ ।

उनले अटेरी गर्दै करीब १ लाखको सामान फिर्ता गरेका छैनन् ।

यस्तै उपप्रमुख मन्जु ऐरीले ६५ सय खाना पकाउने ग्याँस सेट, २० हजार ५ सयको टिभी, ११ हजार ७५० को मोबाइल, १२ हजारको पलङ, ३ हजारको डिस होम, ३० हजारको सोफा सेट, ६७ सयको दराज, २६ हजार ५ सयको फ्रिज, १२ हजारको फिल्टर, ७५ हजारको ल्यापटप, ४५ हजारको किचन र्याक अहिलेसम्म फिर्ता गरेकी छैनन् ।

उनले साढे २ लाख भन्दा बढीको सामान अहिलेसम्म फिर्ता नगरेकी हुन् ।

यता, न्यायिक समितिका अध्यक्ष तथा नगरपालिकाका उपप्रमुख पुरुषोत्तम आचार्यले आगामी दश दिनभित्रै नगरपालिकाको सामान असुल उपर गर्ने बताए ।

‘अबको दश दिन भित्रै सामान असुल्छौं,' उनले भने, ‘उहाँहरूले आनाकानी गरे कानूनी उपचारको खोजी गर्छौं ।’

सामान किन फिर्ता नगर्नुभएको हो भन्ने प्रश्नमा अढाई लाखको सामान हडपेकी निवर्तमान उपप्रमुख ऐरीले भोलि या पर्सीसम्म फिर्ता गर्ने बताइन । 'म त्यतिबेला धेरै व्यस्त थिएँ । भोलि या पर्सीसम्म सामान बुझाउँछु ।’

पुनसँग भने मोबाइलमा सम्पर्क हुन सकेन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved