कांग्रेसको असन्तुष्ट पक्ष शेखर-गगन समुहको निर्णायक भेला हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2022 | 12:48:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेस शेखर कोइराला समुहको भेला अपरान्ह २ बजे देखी बस्ने भएको छ । कोईराला समुह आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेस सभा निर्बाचनमा आफ्नो समुहको प्रतिनिधित्व संस्थापन पक्षले अस्वीकार गरेको भन्दै रुष्ट छ  ।

काठमाडौको अनुपम फूडल्यान्डमा बस्ने भेलाले संस्थापन पक्षले कोइराला समुहसँग गरिरहेको बिभेदका बारेमा छलफल हुने कोइराला समुहका नेता भुपेन्द्रजंग शाहीले जानकारी दिए । 

आगमी ४ मंसिरका लागि हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेस संस्थापन पक्षले एकलौटी गरेको भन्दै त्यसको बिरोधमा कोइराला समुहले केन्द्रिय कार्यालय सानेपा घेर्ने देखी अलग भेला गर्दै आएका छन । समानुपातिक बन्द सुचीमा एकलौटी गरेको भन्दै बिरोध गरे पछि संस्थापन पक्षले नामावली सच्याउने काम गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved