निष्क्रिय भयो प्रधानन्यायधीश चोलेन्द्रविरुद्धको महाअभियोग, आज नै सर्वोच्च जाँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2022 | 12:21:49 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आज सर्वोच्च अदालतमा हाजिर हुन जान लागेका छन् । उनी प्रधानन्यायधीश कै हैसियतमा सर्वोच्च जान लागेका हुन् ।

संसदमा उनी विरुद्द दर्ता भएको  महाअभियोग प्रस्ताव निष्क्रिय भएसँगै उनी अदालत जान लागेका हुन्  । संसदका महासचिव डा. भरतराज गौतमले उनलाई महाअभियोग निष्क्रिय भएको पत्र दिएका छन् । संसद सचिवालयले आफूविरूद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै पत्र दिएको जबराले  बताएका छन् ।  

संसदको पत्र पाएपछि उनी आज नै अदालतमा हाजिर हुन जान लागेका हुन्। उनले मङ्सिर २७ गते अनिवार्य अवकाश पाउँदैछन् । २८ मंसिर २०१४ मा जन्मिएका जबरा ६५ वर्षे उमेर हदका कारण सेवानिवृत्त हुनेछन्।

गत १ फागुनमा उनीविरुद्ध ९८ जना सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए। तर, ढिलोगरी प्रतिनिधिसभा बैठकमा महाअभियोग प्रस्ताव पेस गरेको र छिनोफानो हुनुअघि नै तत्कालीन प्रतिनिधिसभा विघटन भयो । जसकारण जबराविरुद्धको महाअभियोग प्रस्ताव अलपत्र परेको थियो। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved