सम्झौता गर्न नआउँने सेवाप्रदायकको तार काट्दै विद्युत प्राधिकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2023 | 01:08:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरण आफैले विजुली पोलमा अव्यवस्थित रुपमा झुण्डिएका तारहरु हटाउन थालेको छ । इन्टरनेट तथा केबुल सेवाप्रदायकहरूले समयमा नै अव्यवस्थित तारहरूको व्यवस्थापन नगरेको भन्दै प्राधिकरण आफैले पुराना प्रयोगमा नआएका इन्टरनेट, टिभि,लगायत विभिन्न सेवाप्रदायकहरूको अव्यवस्थित  तारहरू हटाउने सुरु गरेको हो।

प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईका अनुसार प्राधिकरणसंग सम्झौता नगर्ने र पोलको भाडा नतिर्ने सेवाप्रदायकहरूको अव्यवस्थित रुपमा झुण्डिएका र पुराना प्रयोगमा नआएका तार र उपकरण हटाउन थालिएको हो ।

प्राधिकरणले एक सूचना जारी गर्दै पोलमा अव्यवस्थित रुपमा भएको तारहरु तथा प्रयोगमा नभएका तारहरू हटाउन सम्बन्धित सेवाप्रदायक निकायहरूलाई निर्देशन दिएको थियो । तर जानकारी पश्चात पनि उक्त काम त्यति धेरै प्रभावकारी नभएको र बारम्बार जानकारी गर्दा पनि काममा ढिलासुस्ती भएको भन्दै विद्युत प्राधिकरण आफैले तारहरु हटाउने थालेको प्रवक्ता भट्टराईले जानकारी दिए । 

प्राधिकरणले आफ्नो विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर केबल, कोअक्साइल केबल तथा पोलमा जथाभावी रुपमा रहेको उपकरणहरूको व्यवस्थापन गर्ने काम नभएकोले प्राधिकरण आफैले उक्त तार र उपकरणहरू हटाउने सुरु गरेको उल्लेख गरेको छ । 

प्राधिकरणले काठमाडौँको विभिन्न स्थानमा अव्यवस्थित तार तथा उपकरणहरु व्यवस्थापन क्रममा हुनसक्ने नोक्सानीको लागि प्राधिकरण जिम्मेवार नहुने पनि उल्लेख गरेको छ । साथै सेवाग्राहीलाई पर्न जाने असुविधा प्रति भने प्राधिकरणले क्षमा मागेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved