३ रनमा ४ विकेट झर्यो श्रीलंकाको

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2023 | 07:25:36 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले दिएको ३५८ रनको टार्गेट पछ्याउने श्रीलंकाको ४ विकेट झरेको छ । श्रीलंकाको ३ रनमा नै ४ विकेट झरेको हो । 

जहा मोहम्मत सिराजले ३ र जस्प्रित बुमराहले १ विकेट लिएका छन् । 

 श्रीलंकाका ओपनर द्वय पथुम निस्संक र दिमुथ करुनारांठे शुन्य/शुन्य रनमा आउट भएका हुन् । त्यसैगरी, कप्तान कुशल मंदिश एक र संदीर सामारविक्रमा शुन्य रनमा आउट भएका हुन् । 

मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा भारतले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा ३५७ रन बनाएको हो ।

खेलमा भारतले टस हारेर पहिले ब्याटिङ गरेको थियो । भारतका लागि शुबमन गिल, विराट कोहली र श्रेयस ऐयरले क्रमश: ९२, ८८ र ८२ रन बनाए ।

श्रीलंकाका लागि दिलशान मदुशंकाले सर्वाधिक ५ विकेट लिए । 

यो खेल जित्दा भारतले सेमिफाइनल पक्का गर्नेछ । पराजित हुँदा पनि उसको सेमिफाइनल सुरक्षित जस्तै नै छ । 

श्रीलंका भने लगभग बाहिरिएको छ । तर झिनो आशा बाँकी राख्न भने आजको खेल जित्नै पर्छ । हारले अंकगणित आशा पनि समाप्त हुनेछ । 

भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेट अन्तर्गतको आज ३३ औँ खेल हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved