बम्जन प्रकाउ प्रकरण: घर पत्ता लगाउन कोठा खोज्ने बहाना बनाएर एक हप्तासम्म घुमेका थिए प्रहरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2024 | 05:14:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबि) ले मंगलबार पक्राउ परेका  राम बहादुर बम्जन भनिने रामलाल बम्जनलाई आज सार्वजनिक गरेको छ । प्रहरीले उनलाई मंगलबार बेलुका काठमाडौँको बुढानिलकण्ठबाट प्रकाउ गरेको हो ।

उनी काठमाडौँमा आएको सुराकी पाएपछि प्रहरीले बुढानिलकण्ठको टन गाउँमा सादा पोशाकको प्रहरी परिचालन गरेको थियो ।  प्रहरीले विभिन्न तरिकाले उनी त्यही रहेको यकिन गर्नको लागि सादा पोशाकको प्रहरी परिचालन गरेको सिआईबिले जनाएको छ। सिआईबिका अनुसार त्यस क्षेत्रमा कोठा भाडामा खोज्ने बहाना बनाएर  एक हप्तासम्म त्यस क्षेत्रमा घुमिएको थियो। त्यहाँका स्थानीय वासीन्दासँग कोठा खोज्ने बहानामा प्रहरीले थप जानकारी संकलन गरिएको खुलेको छ । 

बम्जन त्यहि रहेको पक्का भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उनलाई पक्राउ गर्न जाँदा उनी घरको २ तलामाथिबाट हाम फालेर भाग्न प्रयास गरेको भए पनि उनलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ। उनी पक्राउ परेको घरको अवस्था हेर्दा उनी ध्यान गर्न बसेको जस्तो नदेखिएको प्रहरीले जनाएको  छ।  बम्जन बसेको घर भने आफ्नो थियो वा अरु कसैको घरमा भाडामा थिए भन्ने बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

  उनी विरुद्द सर्लाहीमा बाल यौन दुराचार तथा बलात्कार मुद्दा चलिरहेकोले उनलाई जिल्ला अदालत सर्लाहीमा पेश गर्नको लागि आज सर्लाही पठाइएको सिआईबिका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

 प्रहरीले उनको साथबाट ३ करोड ३ लाख ७५ हजार नेपाली रुपैयाँ , र विभिन्न १७  देशक विदेशी मुद्रा पनि बरामद गरेको छ । हुन् कुल ३० लाख ९२ हजार हुन आउने प्रहरीले जनाएको छ । उनको साथबाट मोबाइल १४ थान, पेनड्राइभ २० थान, आईप्याड ५ थान, २ वटा गाडी, र ४ वटा मोटरसाइकल पनि बरामद गरिएको प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

प्रहरीले उनीसँग बरामद भएको मुद्राबारे पनि छुट्टै अनुसन्धान गर्ने जनाएको छ । प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार उनी माथि बाल यौन दुराचार गरेको, बलात्कार गरेको, मानिस बेपत्ता पारेको लगायतका विषयमा छानबिन हुने छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved