बाँसवारी छाला जुत्ता प्रकरणमा पक्राउ परेकाबारे सीआईबीले दियो विस्तृत जानकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2024 | 02:33:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बाँसवारी छाला जुत्ता प्रकरणमा पक्राउ परेकाको विस्तृत जानकारी दिएको छ । ब्युरोले हिजो बिहिबार पक्राउ परेका ३ जनाबारे आज विष्तृत जानकारी दिएको हो ।

ब्युरोले हिजो बिहिबार  बाँसवारी छाला जुत्ता कारखानाको तत्कालिन कार्यकारी अध्यक्ष अजित नारायण सिंह,  च्याम्पियन फुटवेयर प्रा.लि./ सि.जि, चांदवाग रेसिडेन्सी प्रा.लि.का संचालकद्वय संजय ठाकुर र अरुण चौधरीलाई पक्राउ गरेको थियो ।

उनीहरुलाई  बाँसवारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा ठगी गर्ने गरेको अभियोगमा पक्राउ गरिएको ब्युरोले जनाएको छ। उनीहरुमाथि अनुसन्धान भईरहेको ब्युरोले जानकारी दिएको छ  ।

ब्युरोका अनुसार मालपोत कार्यालय डिल्लीबजारको मिति २०३७/०७/२० को निर्णयले बाँसबारी छाला तथा जुत्ता कारखाना लि. को नाममा श्रेस्ता कायम भएको काठमाडौं जिल्ला साविक नगर २२ (छ) कि.नं. ५० को १८-३-२-०जग्गा श्री ५ को सरकारको निर्णय बिना संचालक समितिलाई समेत कारखानाको नाममा श्रेस्ता कायम भएको जग्गा बेचबिखन गर्ने अधिकार नभएको अवस्था कानून बिपरीत संचालक समितिले आफुलाई फाईदा र श्री ५ सरकारलाई हानी नोक्सानी गर्ने उदेश्यले मिति २०४३/०५/१० गते बाँसबारी छाला जुत्ता कारखानाको तर्फवाट कार्यकारी अध्यक्ष अजित नारायण सिंह थापाले अरुण चौधरी समेत संचालक रहेको च्याम्पियन फुटवयेर लि. को नामक कम्पनी खडा गरी सो कम्पनीको जारी पूँजी ५० लाख को २५% शेयर लिने गरी क्यानभास जुत्ता उत्पादन गर्ने भनी कारखानाको नाममा श्रेस्ता कायम रहेको जिल्ला काठमाडौ साविक नगर २२ (छ) कि.न. ५० को १८-३-२-० जग्गा मध्येको १० रोपनी जग्गाको हक हस्तान्तरण गरेको जनाएको छ। 

त्यस्तै च्याम्पियन फुटवयेर लि. को जारी पूँजी ५० लाख रहेकोमा सो पूँजीको २५% शेयर लिने गरी तत्कालिन संचालक समितिले निर्णय गरेको, सम्झौता वमोजिम रु. १२ लाख पचास हजार लगानी गर्नु पर्नेमा २६,००,२७८।२१ लगानी गरी श्री ५ को सरकारलाई हानी नोक्सानी पुर्याई आफूहरुले आर्थिक लाभ लिएको सम्बन्धमा साविक मुलुकी ऐन २०२० को किर्ते कागज र ठगीको महललाई निरन्तरता दिएको मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ र २७६ बमोजिमको कसुर अनुसन्धानको लागी उनीहरुलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved