कांग्रेस सांसद शर्माको आरोपः प्रचण्ड र नारायणकाजीले ‘अण्डर टेवल डिल’ गर्न चौधरीलाई समाते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2024 | 04:53:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले उद्योगपछि अरुण चौधरीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘अण्डर टेवल डिल’ गर्ने डिजाइन अनुसार पक्राउ गराएको आरोप लगाएका छन् । ठूला उद्योगपति र ठूला घरानाहरुसँग अण्डर टेवल डिल गर्ने डिजाइन अनुसार पछिल्लो केही समयदेखि उद्योगी व्यवसायीलाई पक्राउ गर्ने क्रम बढाइएको र यसको मुख्य योजनाकार प्रधानमन्त्री र गृहमन्त्री नै भएको ठोकुवा गरेका हुन् । 

‘मिनबहादुरको गिरफ्तारीदेखि अहिलेसम्म जति पनि ठूला ठूला उद्योगपति र कर्पोरेट घरानाका व्यक्तिहरुलाई जसरी ह्यारेसमेन्ट गरिएको छ, यो अन्डरटेबल डिल गर्ने प्रचण्ड र नारायणकाजीको डिजाइन अनुसार भएको देखिन्छ’ उनले भने ।

चौधरी पक्राउको विरोधमा नेपाल उद्योग वाणिज्य महासंघले आन्दोलनको आँधी ल्याउन सक्ने सांसद शर्माको भनाइ छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved