इच्छाराज तामाङले १७२ करोड जरिवाना तिर्नु पर्ने, ३ वर्ष जेल सजाय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2024 | 06:28:59 PM मा प्रकाशित

laxmi  sunrise bank

विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङको सजाय निर्धारण गरेको छ। अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनको सजाय निर्धारण  गरेको हो।

जस अनुसार अदालतले उनलाई ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश दिएको छ। विशेष अदालतले उनलाई त्यति नै रकम जरिवाना पनि तोकेको छ। 

त्यस्तै विशेष अदालतले इच्छाराजकी पत्नी सिर्जनालाई एक वर्ष ६ महिना कैद र एक अर्ब ३ करोड रुपैयाँ बिगो र त्यति नै जरिवाना तोकेको छ । इच्छाराजका मामाससुरा केशवराज श्रेष्ठलाई डेढ वर्ष कैद, २५ करोड ६५ लाख बिगो र त्यति नै बराबरको जरिवाना तोकेको छ । 

१६ भदौ २०७९ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्द सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको थियो  । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved