रोटरी ई क्लबद्वारा च्यारिटी सो सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2024 | 12:53:19 PM मा प्रकाशित

laxmi  sunrise bank

रोटरी ई-क्लबले  महिलाहरूमा मानसिक स्वास्थ्यको महत्वलाई प्रर्वद्दन गर्ने हेतुले जनमानसमा  चेतना र समर्थन जगाउन एक च्यारिटी शो आयोजना गरेको छ ।  शनिवार आयोजित उक्त कार्यक्रम महिलाहरूको मानसिक स्वास्थ अन्तर्गत आउने विशिष्ट चुनौती र समस्याहरुलाई सम्बोधन गर्न केन्द्रित थियो।

रोटरी ई-क्लबले डिप्रेसन, चिन्ता, र खानपान  जस्ता सरोकार विषयहरुमा आउने मानसिक रोग र विचलनलाई समेटेर महिलाहरूका लागि विशेष मानसिक स्वास्थ्य समस्याहरूको लागि बुझाइ र समानुभूति बढाउने लक्ष्य राखेको छ। च्यारिटी शो नयाँ बानेश्वरस्थित वान सिनेमामा भएको थियो, जसमा चलचित्र ‘फाइटर’ फिल्म प्रदर्शन गरिएको थियो । 

आयोजकका अनुसार यस च्यारिटी शोले समाजमा योगदान गर्न र उद्देश्यपूर्ण कार्यहरू मार्फत एकता प्रवर्द्धन गर्न क्लबको प्रतिबद्धतालाई जोड दिएको छ । उक्त उद्देश्यपूर्ण कार्यक्रम प्रति प्रतिबद्दता जनाउन करिब  २०० जना दर्शकहरू उपस्थित भएर मनोरंजन लिएका थिए I रोटरी  संबद्द जनचेतना फैलाउन 'आशाको ज्योति'  रोटरीको  वार्षिक थिम र रोटरी गीत पनि बजाइएको थियो।

सावित्री कञ्चनजङ्घा अगरबत्तीले शीर्षक प्रायोजकको रूपमा विशेष सहयोग प्रदान गरेको थियो र फाइटर प्रायोजकको रूपमा हिमालयन डिस्टिलरी लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स, युनिलाब डायग्नोस्टिक सेन्टर, र कामना सेवा विकास बैंक लिमिटेड सहयोग गरेका थिए । स्कॉलर सेयर एजुकेशनले कार्यक्रमको टिकट प्रायोजन गरेको थियो। कार्यक्रमको समग्र सफलतामा भिडियो प्रायोजकका रूपमा येडिया, क्रिस्टल फुड क्याफे, सीएमएस नेपाल, द वन्डरल्याण्ड, सुनगाभा नेपाल र कारभान ब्यागबाट थप सहयोग आएको थियो ।

च्यारिटी शो कार्यक्रम मार्फत उठाइएको रकम महिलाहरूको मानसिक स्वास्थ्यको क्षेत्रमा योगदान गर्न विनियोजन गरिने रोटरी ई-क्लबले जनाएको छ ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved