आईआरडीबाट विदा भए मैनाली, एफपीओ र मर्जरको कर विवादमा वैधानिक समाधान दिएको भनाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2024 | 07:47:24 PM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक राजस्व विभाग (आईआरडी) को महानिर्देशकबाट दीर्घराज मैनाली विदा भएका छन्। २०७९ साल मंसिर १४ गते महानिर्देशकको रुपमा विभागमा हाजिर भएका उनी करीव १४ महिना कार्य सम्पादन गरी विदा भएका हुन्।

उनले  यस अवधिमा कर प्रशासनको सुधार तथा राजस्व संकलन एवं स्वेच्छिक कर सहभागिता वृद्धिमा महत्वपूर्ण योगदान गर्न पाउँदा आफुलाई गौरवान्वित महशुस गरेको बताएका छन् । करको दायरा विस्तार, कार्य सम्पादनमा पारदर्शिता तथा जवाफदेहिता सहित सुशासन कायम गर्ने, करारोपणको नँया क्षेत्र पहिचान र कार्यान्वयन गर्दै करदातामैत्री कर प्रशासनको उद्देश्य पुरा गर्न हर संभव प्रयास गरेको उनले उल्लेख गरेका छन्।

उनका अनुसार अर्थतन्त्रको गति सामान्य रहेको अवस्थामा पनि करको संकलन गत वर्षको तुलनामा चालु वर्षको पौषमसान्तसम्म १० प्रतिशतको वृद्धिसहित रु २४२ अर्व राजस्व संकलन भएको छ । मूल्य अभिवृद्धि करको दायरा विस्तार गरिएको, आयकरको छुटहरु हटाई महत्वपूर्ण रुपमा दायरा विस्तार गरिएको उनले उल्लेख गरेका छन् ।

विगत लामो समय देखि एफपीओ र मर्जरको आयकर सम्बन्धी विषय विवादित बनाइएकोलाई वैधानिक रुपमा समस्या समाधान गरी करिव रु १३ अर्व जति राजस्व संकलन गरी भविष्यको कराधारलाई समेत संरक्षण गरेको उनले उल्लेख गरेका छन्। 

यस्तो छ उनको धन्यवाद पत्र: 

आन्तरिक राजस्व विभागको महानिर्देशकको रुपमा २०७९ साल मंसिर १४ गते यस विभागमा हाजिर भई करीव १४ महिना कार्य सम्पादन गरी कर प्रशासनको सुधार तथा राजस्व संकलन एवं स्वेच्छिक कर सहभागिता वृद्धिमा महत्वपूर्ण योगदान गर्न पाउदा आफुलाई गौरवान्वित महशुस गरेको छु । करको दायरा विस्तार, कार्य सम्पादनमा पारदर्शिता तथा जवाफदेहिता सहित सुशासन कायम गर्ने, करारोपणको नँया क्षेत्र पहिचान र कार्यान्वयन गर्दै करदातामैत्री कर प्रशासनको उद्देश्य पुरा गर्न हर संभव प्रयास गरेको विषय सर्वविदितै छ ।

अर्थतन्त्रको गति सामान्य रहेको अवस्थामा पनि करको संकलन गत वर्षको तुलनामा चालु वर्षको पौषमसान्तसम्म १० प्रतिशतको वृद्धिसहित रु २४२ अर्व राजस्व संकलन भएको छ । मूल्य अभिवृद्धि करको दायरा विस्तार गरिएको, आयकरको छुटहरु हटाई महत्वपूर्ण रुपमा दायरा विस्तार गरिएको छ । विगत लामो समय देखि FPO र मर्जरको आयकर सम्बन्धी विषय विवादित बनाइएकोलाई वैधानिक रुपमा समस्या समाधान गरी करिव रु १३ अर्व जति राजस्व संकलन गरी भविष्यको कराधारलाई समेत संरक्षण गरेको छु ।

विद्युतीय सेवा कर, वैदेशिक पर्यटन विलासिता शुल्क, शुल्क, वैदेशिक रोजगार सेवा शुल्क जस्ता नयाँ करको रुपमा कार्यान्वयन गरिएको छ । कर प्रशासनलाई Digital प्रणालीको माध्यमबाट स्वचालित बनाउदै लैजाने क्रममा Diplomatic VAT Refund लाई स्वचालित बनाएको छु । कर प्रशासन र करदाताबीचको सम्पर्क नहुने e-assessment (Faceless Audit) शुरु गरी कर सुशासन ( Tax Governance) कायम गर्ने नीतिगत व्यवस्था गरी आवश्यक कार्यविधिको तयारी अगाडि बढाएको छु ।

कर परिक्षण प्रतिवेदन Online गरिएको, CBMS (Central Billing Monitoring System) तथा Computer Billing तोकिएको करदातालाई अनिवार्य गरिएको छ । कारोबार गर्ने Non filer हुने करदाता पहिचान गर्ने प्रणाली विकास गरिएको, आयकर ऐन, २०५८ को दफा ११ बमोजिम छुट लिने तथा दफा ५७ को स्वामित्व परिवर्तन भएको करदाताको विवरण आउने जस्ता Report प्राप्त हुने व्यवस्था गरिएको, QR Code सहितको करचुक्ता प्रमाणपत्र, करको गणना तथा वक्यौता बाँकि देखिने स्वचालित प्रणाली जस्ता प्रणालीगत सुधार गरिएको छ । राजस्व चुहावट नियन्त्रण तर्फ झुट्टा तथा नक्कली बिल प्रयोग गरेका १९८६ करदाताको अभिलेख तयार गरी रु ९ अर्व ८३ करोड रकमको अनुसन्धान कार्य समेत भईरहेको छ । कर प्रशासनलाई दीर्घकालिन रुपमा महत्वपूर्ण हुने TADAT मूल्यांकन प्रतिवेदन प्राप्त भएको छ भने BPR (Business Process Re-engineering), Tax Gap, Tax Expenditure को अध्ययन भै प्रतिवेदन प्राप्त हुने चरणमा रहेको छ ।

कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समिति गठन भई अध्ययन भईरहेको छ । उपरोक्त विषयको अतिरिक्त करदाता सेवा, संकलन, कर परीक्षण, अनुसन्धान जस्ता कार्य तर्फ उल्लेखनीय सुधार गरी Right Taxation हुने सुनिश्चितता हुने प्रक्रियामा सुधार गरिएको व्यहोरा प्रस्तुत गर्न पाउदा खुशी लागेको छ । प्रशासकिय पुनरावलोकन तर्फ मेरो कार्य अवधिमा ८६७ निवेदन फछर्यौट गरिएको छ । बेरुजु फछयौट तर्फ उल्लेखनीय कार्य भएको छ ।
मलाई महानिर्देशकको रुपमा कार्य गर्ने अवसर दिनुहुने माननीय अर्थमन्त्रीज्यू, सचिवज्यूहरु, मन्त्रालयका परिवारप्रति विशेष कृतज्ञता व्यक्त गर्दछु। विभागको समग्र कार्य सम्पादनको लागि मलाई साथ दिनु हुने उपमहानिर्देशकज्यूहरु, निर्देशकज्यूहरु, कार्यालय प्रमुखज्यूहरु लगायत कर प्रशासनमा काम गर्ने सम्पूर्ण सहकर्मीहरुको सहयोगको लागि हार्दिक धन्यवाद दिन चाहन्छु।कर प्रशासनको सुधार एवं समग्र अर्थतन्त्रलाई चलायमान बनाई योगदान गर्नु हुने समग्र निजी क्षेत्र प्रति धन्यवाद एवं आभार व्यक्त गर्दछु।

अन्त्यमा कर प्रशासनसंग सम्बन्धित सरोकारवाला अन्य निकाय, पत्रकार, मिडियाकर्मी तथा सम्पूर्ण करदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु र आज मिति २०८० । १० । २२ बाट यस विभागको महानिर्देशक पदबाट सरुवा भई रमाना लिएको व्यहोरा समेत अनुरोध गर्दछु ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved