काठमाडौँ महानगरपालिकाले बनायो ३ वटा नयाँ अनुगमन टोली, कसलाई के जिम्मेवारी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2024 | 06:09:45 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाले ३ वटा नयाँ अनुगमन टोली गठन गरेको छ । महानगरपालिका अनुगमन तथा मुल्यांकन समितिको माघ १२ गते बसेको बैठकले उक्त टोली गठन गरेको हो । यी टोली गठन गरेपछि सबै विषय समेटिने महानगरको अपेक्षा रहेको छ ।  

महानगरले सुशासन तथा सामाजिक विकास अनुगमन टोली, विपद व्यवस्थापन तथा वातावरण अनुगमन टोली र भौतिक पूर्वाधार अनुगमन टोली गरी ३ ओटा टोली गठन गरेको योजना अनुगमन तथा ईकाइ प्रमुख सुमित्रा लामिछाने सुवेदीले बताईन् । “तीन ओटै टोलीलाई सम्बन्धित क्षेत्र तोकिएको छ । त्यहि भित्र रहेर टोलीहरुले अनुगमन गर्ने छन्,” उनले भनिन्,“समिति गठन नभएकोले अनुगमनको काम रोकिएको थियो । अब अनुगमनको काम पुन सञ्चालन हुन्छ ।”

यो टोली गठन गर्नु भन्दा अगाडी उपमेयरको संयोजकत्वमा रहेको समितिले बजार अनुगमन गरिरहेको थियो । निर्देशक सुवेदीका अनुसार यो टोली गठन गरेपछि आफ्नो क्षेत्रको  अनुगमन आफै गर्न सक्ने छन् । यो टोलीले आज देखि अनुगमन अनुमति पाएको छ । अब केहि दिनमा यी टिमहरु फिल्डमा गएर अनुगमन गर्ने महानगरले जनाएको छ।

सुशासन तथा सामाजिक अनुगमन टोलीले अनुगमन गर्ने क्षेत्रहरु

प्रशासन विभाग, सामाजिक विकास विभाग, सूचना प्रविधि विभाग, शिक्षा विभाग, याजना, अनुगमन तथा मूल्यांकन एकाइ, सहरी योजना आयोग, स्वास्थ्य विभाग, सहरी व्यवस्थापन विभाग, कृषि तथा मशुक्षी विभाग, सम्पदा तथा पर्यटन विभाग र काठमाडौँ महानगरपालिकाका सम्पुर्ण वडा कार्यालयहरु यस टोलीले अनुगमन गर्ने क्षेत्रमा पर्दछन् । 

यस टोलीमा सहरी योजना आयोगका विज्ञ सदस्य सुरज काफ्ले, विपद् व्यवस्थापन विभागका उपनिर्देशक गंगाधर गौतम, राष्ट्रिय सभागृहका आठौँ अधिकृतस्तर सुदर्शन भट्टराई, वित्त विभागका आठौँ अधिकृतस्तर सुरज अमात्य र आ.ले.प का पाँचौ सहायकस्तर मनोज गौतम गरि ५ जना सदस्य रहेका छन् । 

विपद व्यवस्थापन तथा वातावरण अनुगमन टोलीले अनुगमन गर्ने क्षेत्रहरु

विपद व्यवस्थापन विभाग, वातावरण व्यवस्थापन विभाग, उद्यान तथा हरियाली प्रवद्धन आयोजना र काठमाडौँ महानगरपालिकाका सम्पुर्ण वडा कार्यालयहरु यस टोलीले अनुगमन गर्ने क्षेत्रमा पर्दछन् । 

यस टोलीमा सहरी योजना आयोगकी विज्ञ सदस्य सरस्वती मानन्धर, प्रमुखको सचिवालयकी अधिकृत स्तर आठौँ शान्ता पहाडी, स्वास्थ्य विभागकी सातौँ अधिकृतस्तर अन्जली सिन्धुराकार, सार्वजनिक निर्माण विभागका सातौँ अधिकृतस्तर हरिबहादुर बुढा र कानुन तथा मानव अधिकार विभागका छैटौँ अधिकृतस्तर रधुनाथ लछिमस्यु गरी  ५ जना सदस्य रहेका छन् । 

भौतिक पूर्वाधार अनुगमन टोलीले अनुगमन गर्नु पर्ने क्षेत्रहरुः

सम्पदा तथा पर्यटन विभाग, सार्वजनिक निर्माण विभाग र काठमाडौँ महानगरपालिकाका सम्पुर्ण वडा कार्यालयहरु यस टोलीले अनुगमन गर्ने क्षेत्रमा पर्दछन् । 

यस टोलीमा सहरी योजना आयोगका विज्ञ सदस्य बाबुराम  भट्टराई, शिक्षा विभागका आठौँ अधिकृतस्तर मोतीप्रसाद भट्टराई, विपद व्यवस्थापन विभागका आठौँ अधिकृतस्तर जीवन रेग्मी, सूचना प्रविधि विभाग सूचना प्रविधि अधिकृत विकास ओझा र सामाजिक विकास विभागका छैठौँ अधिकृत भवानी कपाली गरी ५ जना सदस्य रहेका छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved