राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2024 | 07:57:47 PM मा प्रकाशित

laxmi  sunrise bank

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज सम्पन्न भएको छ। संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा १६ बमोजिम संघ, प्रदेश र स्थानीय तहको समन्वय तथा अन्तरसम्बन्धलाई व्यवस्थित गर्न सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा गठित परिषद्को दोश्रो बैठकमा गत असारमा सम्पन्न पहिलो बैठकले गरेका निर्णयहरुको कार्य प्रगतिका सम्बन्धमा समीक्षा गरिएको थियो ।

बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्रीले परिवर्तनको मुख्य संवाहक हुनुका नाताले आफू सङ्घीयताको कार्यान्वयनमा दृढताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे। वि.सं. २०७६ सालमा राष्ट्रिय समन्वय परिषद्सम्बन्धी कानुन बनेपनि पहिलो बैठक आफूले नै गत असारमा राखेको स्मरण गर्दै उनले सङ्घ, प्रदेश र स्थानीय सरकारका काम कारबाहीमा समन्वय कायम गरी संविधानको प्रभावकारी कार्यान्वयनका लागि परिषद्को बैठक राखिएको बताए । संविधान कार्यान्वयनमा सबैले चासो र चिन्तन गर्नुपर्नेमा जोड दिँदै उनले सङ्घीय निजामती सेवा ऐन र प्रहरी समायोजनका लागि उपप्रधानमन्त्रीहरूलाई जिम्मेवारी नै तोकेर काम थालिएको बताए । 

बैठकले तहगत अधिकारमा प्रष्टता ल्याउनका लागि सुरु गरिएको कार्यविस्तृतीकरण परिमार्जनको प्रतिवेदनलाई सम्बन्धित सरोकारवाला निकायहरुको समेत सुझाव लिई अन्तिम रुप दिएर आगामी बैठकमा पेश गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको बैठकमा बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, सातवटै प्रदेशका मुख्यमन्त्रीहरु,  नेपाल नगरपालिका संघ तथा गाउँपालिका राष्ट्रिय महासंघका  नेपालका प्रतिनिधिहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा संसदमा प्रमुख प्रतिपक्षी दलका प्रतिनिधि, नेपाल सरकारका मुख्य सचिव तथा सचिवहरु एवम् प्रदेशका प्रमुख सचिवहरुको उपस्थिति रहेको थियो।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved