यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका ४ निर्णय, १६ सय दरबन्दी खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2024 | 07:18:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले हुलाक कार्यालय अन्तर्गतका एक हजार ६ सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको छ ।  आज बिहिबार बसेको मन्त्रिपरिषद बैठकले हुलाकको कार्यालय संरचना परिवर्तन गर्दै १६ सय बढी दरबन्दी खारेज गर्ने निर्णय गरेको हो । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले  एक पालिका एक हुलाक कायम गर्नेगरीनयाँ संरचना स्वीकृत गरेको बताईन् । उनका अनुसार अब केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज गरिएको छ।

त्यस्तै, आजको बैठकले विद्युतीय सुशासन आयोगसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण पहिलो संशोधन निर्देशिका, २०८० पनि बैठकले स्वीकृत गरेको उनले बताइन् ।

बैठकले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार विकास गठन आदेश बमोजिमको समितिको अध्यक्ष पदमा महोत्तरीका डा. पर्शुराम मिश्रलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved