अष्ट्रेलिया र नेपालबीच द्विपक्षिय लगानी गर्ने सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2024 | 08:17:19 PM मा प्रकाशित

laxmi  sunrise bank

अष्ट्रेलिया र नेपालबीच द्विपक्षिय ब्यापार तथा लगानी सम्झौता भएको छ । अष्ट्रेलियाको पर्थमा भईरहेको सातौं प्रशान्त महासागर सम्मेलनको साईडलाईनमा यो सम्झौता भएको हो ।

सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्री एनपी साउद र अष्ट्रेलियाका परराष्ट्र मन्त्री पेनी वङ्गले शुक्रबार हस्ताक्षर गरेका हुन् । उक्त सम्झौताले अष्ट्रेलिया र नेपालबीचको आर्थिक सम्बन्धलाई थप गहिरो बनाउनुका साथै दुई देशबीच ब्यापारलाई थप बिस्तार गर्न मद्दत गर्ने अपेक्षा गरिएको जनाइएको छ ।

अष्ट्रेलिया नेपालको छैठौं ठुलो वैदेशिक लगानि गर्ने मुलुक रहेको हो । नेपाली बिद्यार्थीहरु माझ अष्ट्रेलिया उच्च तथा प्राविधिक शिक्षाका लागि रुचाईएको अन्तराष्ट्रिय गन्तब्य मुलुक रहेको हो ।

नेपालको पर्यटन क्षेत्रमा अष्ट्रेलिया पर्यटकको ठुलो हिस्सा रहेको छ । गत बर्ष झण्डै ३९ हजार

अष्ट्रेलियाली पर्यटकहरुले नेपाल भ्रमण गरेर पाँचौ धेरै पर्यटकको स्रोत देश बनेको थियो । सन् २०२२/२३ मा नेपालबाट अष्ट्रेलियामा हुने सेवा निर्यात ७ करोड ८० लाख अष्ट्रेलियाली डलरबाट बढेर १६ करोड अष्ट्रेलियाली डलर पुगेको थियो । यसमा यात्रा सेवाको ठुलो हिस्सा रहेको छ ।

अष्ट्रेलियामा नेपाली डायस्पोरा समुदायको संख्या १ लाख ५० हजार भन्दा बढी छ र यसले थप द्विपक्षिय आर्थिक र ब्यापारीक सम्भावनाहरु बिकास भएको छ । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved