आकर्षक तलव अफर गरेपछि रुसी सेनामा १५ हजार नेपाली भर्ना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2024 | 12:57:53 PM मा प्रकाशित

laxmi  sunrise bank

रुसले युक्रेनसँग लड्नको लागि १५ हजार नेपाली नागरिकलाई भर्ना गरेको खुलेको छ । अन्तराष्ट्रिय संचार माध्यम सीएनएनले १५ हजार नेपाली नागरिक रुसी सेनामा भर्ना भएको दाबी गरेको हो ।

सीएनएनले एक भन्दा बढी स्रोतहरुलाई आधार मानेर यो संख्या यकिन गरिएको जनाएको छ । रुसले सेनामा भर्ना हुनको लागि आकर्षक प्याकेज ल्याएपछि नेपालीहरु रुसी सेनामा भर्ना भएको समाचारमा उल्लेख छ। समाचार अनुसार रुसी सेनामा भर्ना हुनेले कम्तिमा २ हजार डलर तलव पाउछन् । त्यस्तै फास्ट ट्रयाकबाट रुसको नागरिकता पनि दिईन्छ । 

समाचार अनुसार नेपाली नागरिकहरु टुरिस्ट भिसामा रुस पुग्ने गरेका छन् । अधिकांशले भारत वा युएई हुदै जाने गरेको बताएका छन् । रुसको राजधानी मस्को पुगेपछि उनीहरु भर्ना केन्द्रमा उनीहरुको शारीरिक परिक्षण गरिन्छ । नेपालबाट आएको भनेपछि परिक्षणमा खटिएकाहरु खुसि हुने गरेको रुसी सेनामा जानेहरुले बताएका छन् । शारीरिक परिक्षणपछि छोटो अवधिको तालिम दिएर रुसले युद्दमा पठाउने गरेको बताईएको छ । 

रुसी सेनामा भर्ना हुँदा कम्तिम मासिक २ हजार डलरको तलव आउने र  अग्रपंक्तिमा रहेर युद्द लड्न जानेहरुले बोनस पनि पाउने भएकोले नेपालीहरुले आफुले मासिक ४ हजार डलरसम्मको आम्दानी गर्ने गरेको बताएका छन् । जुन नेपाली रुपैयाँ अनुसार ५ लाख ३० हजार भन्दा बढी हो । समाचार अनुसार रुसी सेनामा भर्ना भएका नेपालीहरु कतिपयको उतै मृत्यु हुने गरेको छ भने कतिपय युक्रेनको जेलमा  छन् । कतिपयको अवस्था नै अज्ञात छ । नेपाल फर्किएका कतिपयमा विभिन्न मानसिक समस्या देखिएको छ ।

नेपाल सरकारले भने रुसी सेनामा २ सय जना मात्र भर्ना भएको र र ति मध्ये १३ जनाको मृत्यु भएको बताएको छ ।

सीएनएनका अनुसार फोटोमा देखिएका व्यक्ति रामचन्द्र खड्का हुन् , जो रुसी सेनामा भर्ना भएर पछि नेपाल फर्किएका हुन् । खड्काले आफुले रुसी सेनामा रहँदा डरलाग्दो र भयंकर स्थिति देखेकोले रुसी सेनामा जानु गलत भएको बताएका छन् । आफुलाई २ सातापछि नै युद्दको अग्र पंक्तिमा खटाइएको र त्यस्ती छिटो अग्रपंकितमा जानु पर्ने कल्पना समेत नगरेको उनले बताएका छन्  ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved