ललिता निवास प्रकरण: निर्णय गर्ने मन्त्रीहरुले पाए सफाई, कर्मचारी र जग्गा लिने दोषी ठहर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2024 | 07:50:44 PM मा प्रकाशित

laxmi  sunrise bank

 विशेष अदालतले ललिता निवास प्रकरणमा मन्त्रीहरुलाई सफाई दिएको छ भने कर्मचारी र जग्गा लिएकाहरुलाई दोषी ठहर गरेको छ ।  विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आज यस प्रकरणमा फैसला सुनाएको हो । 

जस अनुसार अदालतले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ३ मन्त्रीलाई अदालतले सफाई दिएको हो । अदालतले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई आरोप दाबी पुग्न नसकेको ठहर गर्दै सफाई दिएको हो।

तर अदालतले पूर्व सचिवहरुलाई दोषी ठहर गरेको छ । अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त तथा तत्कालीन भौतिक योजना सचिव दीप बस्न्यात र तत्कालीन भूमिसुधार सचिव छविराज पन्तलाई दोषी ठहर गरेको हो। अदालतले उनीहरुलाई नक्कली मोही खडा गरेकोले दोषी ठहर गरेको जनाएको छ । उनीहरुलाई दुई वर्ष कैद, ८० लाख जरिवाना र बिगो असुल गर्ने फैसला गरेको छ ।  

 अदालतले ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ ।  दोषी ठहर हुने अन्यमा कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी पनि रहेका छन् ।  

त्यस्तै अदालतले भाटभटेनी सुपरमार्केटका संचालक मिन बहादुर गुरुडलाई दोषी ठहर गरेको छ । अदालतले उनलाई  दुई वर्ष कैद सजाय हुने फैसला सुनाएको छ। साथै बिगोबमोजिम ८० लाख ४८ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको छ। साथै उनले लिएको जग्गा जफत हुने फैसला गरेको छ 

२३ दिनपछिको लगातार सुनुवाइपछि अदालतले आज बिहिबार फैसला सुनाएको हो । 

ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना गरेको भन्दै अख्तियारले २०७६ माघ १२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यस मुद्दामा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ३ मन्त्रीलाई विपक्षी बनाईएको थियो । आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी पूर्व सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी सहित ११० जनालाई बिगो, कैद र जरिवाना तथा ६५ जनालाई जग्गा जफतका लागि प्रतिवादी बनाई मुद्दा दायर गरेको थियो। 

यही जग्गा प्रकरणमा किर्ते मुद्दा काठमाडौं जिल्ला अदालतमा पनि विचाराधीन छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved