परराष्ट्रमन्त्री आज भारत भ्रमणमा जाँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2024 | 09:28:33 AM मा प्रकाशित

laxmi  sunrise bank

परराष्ट्रमन्त्री नारायण प्रकाश साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन आज बुधबार नयाँदिल्ली प्रस्थान गर्दै छन् । मन्त्री साउदले यही फागुन ११ गते शुक्रबार फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्रीले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग पनि भेट गर्ने छन्। रायसिना संवाद एक बहुपक्षीय मञ्च हो जसलाई अब्जर्भर रिसर्च फाउन्डेसनले भारत सरकारको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved