एमालेका पदम गिरी स्वास्थ्यमन्त्री बन्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2024 | 11:41:48 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् । सत्ता गठबन्धन फेरबदल भएसँगै नेकपा एमालेले हाल प्रतिनिधिसभाका प्रमुख सचेतक रहेका गिरीलाई स्वास्थ्यमन्त्री बनाउने भएको हो । 

बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई आजै बन्ने सानो आकारको मन्त्रिमण्डलमा पठाउने निर्णय गरेको हो । एमाले कसको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने टुंगो लाग्न बाँकी छ । यद्यपी, उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा सहभागी हुन लागेको चर्चा छ ।

सरकारमा रास्वपा र राप्रपा पनि सहभागी हुने भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved